साप्ताहिक संवाददाता
वितरण गरिएका १९ विधाका एवार्डमध्ये गायक रामजी खाँड सर्वोत्कृष्ट गायकका रूपमा पुरस्कृत भए। सर्वोत्कृष्ट गायिकाको एवार्ड भने पूर्णकला बीसीले पाइन्। उत्कृष्ट लोकदोहोरी मोडलको उपाधि पूणिर्मा श्रेष्ठ र महेन्द्र गौतमले जिते। लोकदोहोरी शब्दको एवार्ड शिव सुवेदीले पाए। लयतर्फको एवार्ड सहदेव कोइरालाले जिते भने लोकदोहोरी म्युजिक भिडियो निर्देशकको एवार्डबाट कपिल लामा पुरस्कृत भए। गायक हिमाल घलेले सर्वोत्कृष्ट लोक गीतको एवार्ड जिते भने प्रदीप रोक्काले प्रतियोगि गायकको एवार्ड पाए। प्रतियोगी गायिकाको एवार्ड हरिमाया रायमाझीले जितिन्। उत्कृष्ट संगीत संयोजकको एवार्ड तारानाथ आचार्यले जिते भने रेकर्डिस्टको एवार्ड कुमार रानाले पाए। राजेश घिमिरेले उत्कृष्ट छायांकारको एवार्ड ग्रहण गर्दा यमन थापामगरले उत्कृष्ट वाद्यवादकको पुरस्कार थापे। लोकदोहोरी साँझतर्फ तारापति सुवेदी र मनमाया वाइवा उत्कृष्ट गायक-गायिका घोषित भए। मीना अधिकारीले पब्लिक च्वाइस एवार्ड जितेको समारोहमा विजय थापाले जुरी एवार्ड जिते। समारोहमा लोकदोहोरी नव गायक-गायिकाको एवार्ड हेमन्त आले र सावित्री परियारले आफ्नो पोल्टामा पारे। लोकदोहारी पत्रकारिता पुरस्कार भने गोविन्द गिरीलाई प्रदान गरियो। उक्त अवसरमा शंकर बीसी तथा उनको समूहको प्रस्तुतिले दर्शकहरूको मन जितेको थियो।