साप्ताहिक संवाददाता
भाद्र २७, २०७१
काठमाडौं
प्रतियोगितामा काठमाडौं लाजिम्पाटकी जस्मिन गुरुङले फस्ट रनर्सअप तथा पोखराकी रसिला गुरुङले सेकन्ड रनर्सअपको उपाधि हासिल गरे। जस्मिनले मिस स्क्रिन र रसिलाले मिस डान्सको उपाधि समेत प्राप्त गरे। प्रतियोगितामा ममता गुरुङ मिस फोटोजेनिक, सुशीला गुरुङ मिस स्माइल, ओनिका गुरुङ मिस फ्रेन्ड, अनिता गुरुङ मिस पर्सनालिटी, अनामिका गुरुङ मिस भाषा, सुस्मिता गुरुङ मिस ट्यालेन्ट तथा सानु गुरुङ बेस्ट ड्रेसको उपाधि विजेता घोषित भएका थिए।
गुरुङ भाषा तथा कला-संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले यही वर्षदेखि मिस गुरुङ इन्टरनेसनलको थालनी गरिएको आयोजक संस्थाकी अध्यक्ष तृष्णा गुरुङले बताइन्।