भाद्र २७, २०७१
पोखरा
नेपाल तमु विद्यार्थी छोंज धींले आयोजना गर्न लागेको चौथो मिस तमुस्यो नेपाल-२०१४ को छनोट चरणको अडिसन लमजुङको बेसीसहरबाट प्रारम्भ भएको छ। पहिलो चरणको अडिसन सम्बन्धित जिल्लामा दिन छुटेका इच्छुक युवतीले असोज ४ गते पोखरामा हुने अन्तिम छनोट अडिसनमा सहभागी हुन पाउने छन्। मिस तमुस्योको शान मौलिक संस्कृतिको पहिचान भन्ने नाराका साथ आयोजना गर्न लागिएको यो प्रतियोगितामा तमु समुदायका १६ देखि २४ वर्ष उमेर समूहका युवतीहरूले भाग लिन पाउनेछन्। प्रवेशीका परीक्षा उत्तीर्ण तमु युवतीको प्रतिभा प्रस्फुटनका साथै भाषा, संस्कृतिको संरक्षण गर्ने लक्ष्य यो कार्यक्रमको छ। प्रतियोगिताको पहिलो अडिसन हिजो भदौ २६ गते नारायणगढमा सम्पन्न भएको छ। अन्य अडिसनहरु भदौ २७ गते आज कावासोतीमा भदौ २८ गते काठमाडांै, भदौ ३० गते स्याङ्जा, भदौ ३१ गते बुटवल तथा असोज २ गते बिर्तामोडमा हुनेछ। देशभरबाट छानिएका २५ जना सहभागीले मंसिर १३ गते पोखरा सभागृहमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया