नेवा : देय् दबु, सुनसरीले धरानमा आयोजना गरेको लाखे नाच प्रतियोगितामा इन्द्रपुर नेवा: पुच विराटचौक प्रथम भएको छ। प्रतियोगितामा २३ वटा टिमलाई पछि पार्दै विराटचौकले प्रथम स्थान हात पारेको हो। प्रतियोगितामा तीनधारा लाखे समाज, टक्सार, भोजपुरले दोस्रो स्थान प्राप्त गर्यो भने चैनपुर समाज क्लब, चैनपुरले तेस्रो स्थान प्राप्त गर्यो। सांस्कृतिक अभिरुचि जगाउने उद्देश्यले लाखे नाचको पूर्वाञ्चल स्तरीय प्रतियोगिता सम्पन्न गरिएको धरानस्थित सिद्धि नेवा: परिषद दबुका अध्यक्ष अनिल मास्केले जानकारी दिए। सांस्कृतिक नृत्य लाखेमा केही विकृति पनि भित्रिएकाले त्यसको अन्त्यका लागि लाखे नाच प्रतियोगिता आयोजित गरिएको मास्केको तर्क छ।