साप्ताहिक संवाददाता
- एलोन श्रेष्ठ
असर गर्छ भन्ने थाहा हुँदाहुँदै किन खुलेआम बिक्री गरेको त ? सरकार के हेरेर बसेको छ ?
- दिलीप राई
हाम्रो संस्कृति जत्तिकै पुरानो छ, जाँड, रक्सी, चुरोट अनि पान-सुपारी। हाम्रा पुर्खाहरूले पनि यसको प्रयोग गरे, अनि कसरी हाम्रो लत छुट्छ त ?
- वीरेन्द्र चौधरी
भनिन्छ, लागेको बानी छुटाउन गार्हो हुन्छ, तर म भन्छु मनभित्रैबाट प्रण गर्न नसकेर छाड्न नसकेको हो। दिलभित्रबाट प्रण गर्नुहोस्। सबै कुरा सम्भव छ।
- तिलक श्रेष्ठ
चेतनामूलक कार्यक्रमहरूको अभावले गर्दा पनि यसबाट छुट्कारा पाउन नसकेको हो।
- राजुकर्मा साम्बा
कतिपय मानिस सौखिन हुन्छन् र पिउँछन्। कसैले दिनभरको कामले थाकेपछि थकाइ मेट्ने बहानामा पिउँछन्।
- सञ्जीव घिमिरे
नेताहरूले केही गर्दैनन् भन्ने थाहा हुँदाहुँदै पनि हामी तिनै नेतालाई किन भोट दिन्छौ ? त्यस्तै हो यो कुरा पनि।
- शिव रायमाझी
नखाने मानिसले पो यस्तो प्रश्न सोध्छन् त ? एकपटक खाएर हेर्नुहोस्, आफैं थाहा पाउनुहुनेछ।
- रमेश लामा
साथीसंगीको लहलहैमा लागेर, आफूलाई हिरो मानेर यस्तो कुलतमा लागिन्छ।
- सूर्य कँडेल
मैले यही प्रश्न मेरा बासँग गरेको थिएँ। उहाँ ८० वर्ष पुगिसक्नुभयो। बाँचिरहनुभएकै छ। 'जन्मिएदेखि खाएकै छु, बाँचेकै छु, हामीलाई के मतलब ?' भन्नुहुन्छ।
- अम्भीरप्रसाद विक
एक दिन मर्छु भन्ने थाहा हुँदाहुँदै पनि मानिसले बाँच्न त छाड्दैन नि। मरिन्छ भन्ने थाहा हुँदाहुँदै पनि सिगरेटको मजा नलिने त ?
- जनार्दन पराजुली
किनभने पिउनुको मजा बेग्लै छ।
- विकास फैंजु
के गर्नु त हौ ? तनावै तनाव छ जिन्दगीमा।
- प्रिन्स प्रेम
रक्सी-चुरोटले खराब गर्छ भन्ने जान्दाजान्दै पनि तिनका कम्पनी किन बन्द नगरेको त ?
- धराप लामा
खानु हँुदैन भनेर झन् खानलाई बढावा दिएजस्तो लाग्यो। किनभने मानिसलाई जे नगर्नु भन्यो त्यही काम गर्छ।
- बबिता काफ्ले, सागर पौडेल
पहिलो कुरा त म यो बुझ्न सकिरहेको छैन कि रक्सी, चुरोट मानिसका लागि खतरनाक हो भन्ने जान्दाजान्दै पनि किन यसको उत्पादन बढ्दैछ ? चुरोट, रक्सी स्वास्थ्यका लागि हानिकारक छ भन्दैमा मान्छेले यसलाई छोड्न सक्दैन। यसका लागि त विश्वस्तरबाटै चुरोट, रक्सी आदि लागूपदार्थहरूको उत्पादनमा रोक लगाउनुपर्छ।
- विभास पायल पुनमगर
तरुनीको संगतले घर बिग्रन्छ भन्ने थाहा हुँदाहँुदै पनि किन मानिसहरू तरुनीको संगत छाड्दैनन् ? त्यस्तै त हो नि।
- हरिशरण गिरी