साप्ताहिक संवाददाता
एडल्ट स्टार बलिउडमा
सन्नी लियोनपछि अर्की एक पोर्न स्टार बलिउडको ठूलो पर्दामा देखिने भएकी छिन्। अश्लील चलचित्रमा काम गरेर नाम कमाएकी शान्ति डायनामाइटलाई 'आइ लभ दुबई' मा नायिकाका रूपमा लिइएपछि उक्त चलचित्रको फस्र्ट लुक मुम्बईमा लन्च गरिएको थियो। यो चलचित्रको निर्देशन इकराम अख्तरले गर्दैछन्। दुबईको एक समूहबीचको घटनामा आधारित यो चलचित्रमा दुबईको नाइट लाइफस्टाइल तथा मोजमस्तीका दृश्यहरू रहनेछन्। रमाइला घटनाहरूमा चलचित्र अघि बढ्दै जाँदा अचानक सबैको जिन्दगीमा परिवर्तन ल्याउने घटना घट्छ र चलचित्रको टि्वस्ट त्यही नै हुनेछ। चलचित्र विश्लेषकहरूका अनुसार आगामी दिनमा डायनामाइटको अन्तरंग दृष्यले बलिउडलाई तताउनेछ।
अजयको नयाँ गेटअप
बलिउडका सफल अभिनेतामध्येका एक हुन्- अजय देवगण। पछिल्ला केही वर्षयता अजय अभिनित लगभग सबै चलचित्र १ सय करोडमाथिको व्यापार गर्न सफल छन्। कुनै समय एक्सन स्टारका रूपमा फ्यानफलोअर बढाएका अजयले कमेडियन क्यारेक्टरमा पनि प्रभावशाली पर्फमेन्स दिएका छन्। यद्यपि फेरि पनि उनको छवि एक्सन स्टारका रूपमा बलियो बन्दै गएको छ। सिंघम तथा सिंघम रिटन्र्समा उनको एक्सन हेर्न लायक थियो। यी सिंघमस्टारले टि्वटरमा हालै प्रदर्शन आउन लागेको चलचित्र 'एक्सन ज्याक्सन' को आफ्नो नयाँ गेटअप सार्वजनिक गरेका छन्। टि्वटरमा अपलोड गरिएको तस्बिरका साथमा ४५ वर्षीय अजयले लेखेका छन्-'एक्सन ज्याक्सनमा मेरो नयाँ रूपको एक झलक। तपाईं के सोच्नुहुन्छ ?'
परिणितिको रिस
परिणिति चोपडा बलिउडकी आशालाग्दी नायिका हुन्। उनी अहिले एउटा चलचित्रको कामको सिलसिलामा भारतका विभिन्न सहरमा 'फुड- जर्नी' का लागि जाने तयारीमा छिन्, जहाँ उनले अलग-अलग किसिमका खाना खानेछिन्। केही समय अघिमात्र आफ्नो तौल घटाउनुपर्ने चुनौती रहेको बताउने परिणिति उनी 'फुड-जर्नी' मा सामेल हुने भएपछि सञ्चारकर्मीहरूले सोधे-'तपाईं कसरी आफ्नो तौल सन्तुलनमा राख्न सक्नुहुन्छ ?' प्रश्न सुन्ने बित्तिकै परिणिति भडि्कइन्। आक्रामक शैलीमा उनले भनिन्-'धेरै खान्छु भने जिममा वर्कआउट पनि गर्छु नि। चलचित्रको थिम नै खानासँग जोडिएको छ भने यसमा कसैलाई मेरो तौलको चिन्ता किन भैरहेको छ ? सर्ट अरेन्ज ड्रेसमा देखिएकी परिणिति अग्लो कुर्सीमा बस्ने क्रममा असहज महसुस गरिरहेकी थिइन्। तत्कालै उनले भनिन्-'तपाईंहरू किन मलाई बब्लि नायिका भन्नुहुन्छ ? बब्लि कोल्ड डि्रंक वा स्याम्पेन हुनसक्छ तर कुनै पनि युवती बब्ली हुनसक्दिन्।' सञ्चारकर्मीहरूको तर्क छ- बब्लीको अंग्रेजी अर्थ 'नाइस' हुन्छ।