विराटनगरको सहिद मैदानमा शनिबार साँझ छुट्टै सांगीतिक वातावरण देखियो। दसैंको अवसर पारेर आयोजित एनसेल मेलामा चर्चित गायक/गायिका तथा हास्यकलाकारहरूले पर्याप्त मनोरञ्जन प्रदान गरे। सेक्सी लुक्समा देखिएकी गायिका आस्था बीले संगीतपे्रमी दर्शकहरूलाई नाच्न बाध्य तुल्याइन्। आस्थाले प्रस्तुति दिने क्रममा तन्नेरी दर्शकहरू काबुमा रहन सकेनन्। आस्थाले एक दर्जनभन्दा बढी गीत सुनाउँदा विराटनगरकोे रात रंंगीन भैसकेको थियो। आस्थाकोे गायनमा दम त छँदै थियो, उनको गाउँदै नाच्ने शैलीले पनि युवा दर्शकहरूलाई उत्तेजित बनायो। मेलामा गायक शिव परियार, यम बुद्ध, गायिका मिलन आमत्यको प्रस्तुतिले पनि युवाहरूलाई नचाएको थियो। उक्त अवसरमा हास्यकलाकार जितु नेपाल (मुन्द्रे) ले विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूको क्यारिकेचर गरेर मनोरञ्जन प्रदान गरेका थिए।