नुवाकोटको ऐतिहासिक एवम् सांकृतिक क्षेत्र त्रिशूली बजारमा पर्सि असोज ५ गतेदेखि १२ गतेसम्म दसैं महोत्सव हुने भएको छ। चार वर्षअघि सफलतापूर्वक प्रथम त्रिशूली महोत्सव सम्पन्न गरेको जिल्लाको पुरानो व्यापारिक थलो त्रिशूलीले यसपालिको दसैंमा पहिलो पटक नुवाकोट दसैं महोत्सव सञ्चालन गर्न लागेको हो। उक्त महोत्सवको आयोजना त्रिशूली युथ स्पोर्ट्स क्लबले गर्दैछ। १ सयवटा स्टल राखिने महोत्सवमा ५० हजार जति सहभागी हुने अपेक्षा गरिएको छ।