तराईका आदिवासी समुदायले मनाउने जितिया पर्वका अवसरमा मंगलबार मोरङको केरौन तथा बाहुनीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नवयुवा क्लब केरौनले आयोजना गरेको कार्यक्रममा स्थानीय कलाकारहरूले गायन, नृत्य तथा क्यारिकेचर प्रस्तुत गरेका थिए। कार्यक्रममा स्थानीय वयोवृद्ध भुवनसिंह कार्की, सञ्चारकर्मी हर्क सुब्बा आदिले जितिया पर्वले सांस्कृतिक सद्भाव बढाएको भन्दै शुभकामना व्यक्त गरे। उता, श्रीमद भागवत धर्म प्रचार-प्रसार संस्था, बाहुनीले पनि बाहुनी बजारमा जितिया पर्वको सन्दर्भमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।