आश्विन ३, २०७१
चिया र कफी पिउन प्रयोग गरिने कप कसैलाई उपहार प्रदान गर्न पनि उपयुक्त मानिन्छ। बर्थ डे, विवाह उत्सव, भ्यालेन्टाइन डेजस्ता अवसरमा यस्ता कप उपहार दिने चलन छ। आकर्षक फूल, व्यक्तिको फोटो, संस्कृति झल्काउने दृश्यहरू स्केच गरेर पि्रन्ट गरिएका कपहरू विभिन्न अवसरमा उपयुक्त उपहार हुन सक्छन्। जमलका बुकेश महर्जनले आकर्षक स्केच तयार पारेर 'टिसर्ट नेपाल' नामक कम्पनीमार्फत यस्ता कपहरू बजारमा ल्याएका छन्। जमलमै अवस्थित टिसर्ट नेपालले बिक्री गर्ने कपको मूल्य ३ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पर्छ।
प्रतिक्रिया