साप्ताहिक संवाददाता
चाडपर्वका लागि कस्ता पहिरन उपयुक्त हुन्छन् ?
पहिले सांस्कृतिक परम्पराअनुरूपका पहिरन लगाउने चलन थियो, तर अहिले फेसनमा जे आयो त्यही नै उपयुक्त मान्ने ट्रेन्ड छ। विशेष पर्वहरूमा हल्का तथा ध्यान खिच्ने रंगका पहिरन उपयुक्त हुन्छन्। कपडाको हकमा अहिले बजारमा जे चलिरहेको छ त्यही नै राम्रो हुन्छ।
पर्वका लागि पहिरन तयार गर्दा डिजाइनरले ध्यान दिनुपर्ने कुरा के-के हुन् ?
हरेक पर्वमा विभिन्न रंगका पहिरन लगाउने चलन छ, तर पछिल्लो समय विश्वव्यापी रूपमै हरियो, रातो तथा सुनौलो रंगको प्रभाव बढ्दै गएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा रंगको संयोजन हो। त्यसपछि ग्राहकको शारीरिक भंगिमामा ध्यान पुर्याउनुपर्छ। त्यसपछि आर्थिक पाटोमा पनि ध्यान दिनु आवश्यक छ।
चाडपर्वमा चलेको फेसन के हो ?
विगत दुई वर्षदेखि चलिरहेको अनारकली कुर्ता-सुरुवाल तथा डिजाइनर फिक्स्ड साडी अहिले पनि उत्तिकै लोकपि्रय छन्। समयअनुसार फरक स्टाइलको भएकाले पनि डिजाइनर फिक्स साडीको फेसन पुरानो हुँदैन।
अनारकली र डिजाइनर साडी नै किन ?
अनारकली क्यारी गर्न सजिलो हुन्छ। फिक्स साडी लगाउँदा समय बचत हुन्छ। हेर्दा आकर्षक देखिने भएकाले पनि यी पहिरन पर्वका लागि प्रभावकारी छन्।
चाडपर्वको मौसममा महिलाहरूलाई कस्ता पहिरनमा हिँड्न सुझाव दिनुहुन्छ ?
ट्रेडिसनलमा फ्युजन इम्ब्रोडरी गरिएको गाउन वा कुर्ता उपयुक्त हुन्छ। यो पहिरनमा अविवाहितहरू ग्ल्यामरस पनि देखिन्छन्। विवाहितहरूका लागि तयारी साडी वा अनारकली कुर्ता-सुरुवाल पर्फेक्ट मानिन्छ।