धुर्मुसेले जवाफ दिएछ : म डाक्टरकहाँ गएको थिएँ, उनले हरेक घन्टा सुगरको लेबल हेर्नु भनेका छन्।
०००
लोग्ने-स्वास्नीबीच झगडा भयो। स्वास्नीले आफ्नो सामान प्याक गर्न थाली। माइत जाने धम्कीसहित। लोग्नेले सोध्यो : कहाँ जान लागेकी? स्वास्नीले आँसुसहित धम्की दिँदै भनी : 'जान्छु मेरै आमाको घर, उतै गएर बस्छु, बस तिमी एक्लै।' अब लोग्नेको पालो, उसले नि आफ्नो सामान प्याक गर्न थाल्यो, हिँड्ने तयारी गर्न थाल्यो। स्वास्नीले सोधी : 'तिमीचाहिँ कहाँ जान लागेको नि?' लोग्नेचाहिँले भन्यो :'म नि जान्छु मेरै आमाको घर ! तेरो मात्र आमाको घर छ कि क्या हो??' स्वास्नीचाहिँले रिसले यत्रो ठूला बल्ड्याङ्ग्रे आँखा तर्दै भनी : 'अनि छोराछोरीचाहिँ कोसँग बस्छन् नि??
लोग्नेले शान्त पारामा भन्यो : 'तँ तेरै आमासँग जान्छेस्, म मेरै आमासँग जान्छु भने मैले भनिरहनुपर्छ, छोराछोरी पनि उनीहरूकै आमासँग जान्छन् नि?
०००
मिस : चलचित्र थ्री इडियट्स हेरेर तिमीहरूले के शिक्षा पायौ ?
सुमित : मिस, यही कि इन्जिनियरिङ पढेर पनि एमबीबीएस पढेकी केटी पटयाउन सकिन्छ !
मिस : सट अप, गेट आउट फ्रम दी क्लास।
विवेक : मिस म भनौं ?
मिस : अँ ! भन।
विवेक : मिस कलेजको पहिलो दिन अन्डरवियर अवश्य लगाउनुपर्छ !
मिस : यु अल्सो गेट आउट।
सुशिल : मिस, मिस म भन्छु है ?
मिस : तिमी अलि जान्ने जस्ता छौ, तिमीले सही भन्छौं, ल भन।
सुशील : मिस डाक्टरबाहेक इन्जिनियरले पनि डेलिभरी गराउन सक्छ !
मिस : फटाहा केटा, निस्किहाल क्लासबाट !
सुरज : मिस म भनौं ?
मिस : ओके भन बाबु।
सुरज : फ्रेन्च किस खाँदा नाक बीचमा आउँदैन मिस !
(मिस ठाउँको ठाउँ सेन्टिफ्लाट)
०००
दिवश : अमर, मलाई त्यो केटीबाट बचाऊ।
अमर : के भो, किन आत्तिएको ?
दिवश : मैले त्यो केटीलाई तिमीलाई म एकदम माया गर्छु, छाती चिरेर हेर तिम्रो नाम मेरो मुटुमा छ भनेको त छुरी नै लिएर पिछा लागि यार।
०००
एक दिन शेरे र शेरेकी भाउजूको घमासान झगडा भैरहेको रहेछ, उनीहरूको झगडा सुनेर छिमेकीहरू पनि जम्मा भएछन् र सोध्न थालेछन....
छिमेकी भैरे : होइन, किन झगडा गरिरहेका छौ देवर-भाउजू ?
यत्तिकैमा शेरेले रिसाउँदै आँखा राता पार्दै भनेछ :
हेर्नुस न, हामी घरमा नभएको बेला, हाम्री भाउजू मेरो लफंगा साथीहरूसँग मज्जाले फोनमा गफ गरेर बस्नुहँुदो रहेछ।
भैरे : तिमीलाई यो कुरा कसरी थाहा भो नि ?
शेरे : जहिले पनि म आफ्ना साथीहरूलाई, कोसँग कुरा गर्दैछस् भनेर सोध्छु, उनीहरू अरू कोसँग हुनु नि, तेरी भाउजूसँग भन्छन्।
(भैरे बेहोस)
०००
शेरे : हिजो जंगलको बाटो एक्लै हिँडेको, बीचैमा त्यसका बाजे डाँकाहरूले मेरो घडी, सिक्री, पैसा सबै लुटे यार।
मुन्द्रे : अनि तँसँग पेस्तोल थियो नि होइन र ?
शेरे : थियो नि, म नि कम बाठो छु ? धन्न त्योचाहिँ पहिले नै कट्टुभित्र लुकाइहाले, नत्र त्यो पनि लुट्थे, मर्न नसकेका भातमाराहरूले !
०००
शेरे आफ्नी प्रेमिकासँग फोनमा गफ गर्दै : हेल्लो नानु, आज के खायौ नि ?
प्रेमिका : तिमीलाई यसबाहेक अरू कुनै कुरा सोध्न आउँदैन ? जहिले नि, के खायौ भनेर सोध्ने ?
शेरे : ओहो, त्यसो भए यो भन कि अघिल्लो संविधानसभाको उत्तरार्द्धमा २०६९ जेठ २ गते चार पक्षबीच संविधानका सबै विवादित विषयमा सहमति भएको थियो। त्यो कार्यान्वयन भएको भए पहिलो संविधानसभाबाटै संविधान जारी हुन सक्थ्यो। अहिले नेताहरू उसबेलाको जेठ १ गतेको अवस्थामा छन् कि जेठ २ को जस्तो नयाँ सहमतितिर अघि बढ्या छन् ?
प्रेमिका : आज त्यै कालो दाल घिउले झानेको, चिप्ले भिन्डीको तरकारी र केराउको अचारसँग भात खा'को, अनि साइडमा प्याज पनि पिस-पिस काटेर खा'को।
(नसकिने भो शेरेलाई)
०००
मैले नबुझेको कुरा
नेपाल सरकार भन्छ- एउटा पढेकी केटीले घरका चार जनालाई शिक्षित बनाउन सक्छे, तर एउटी केटीका कारण कलेजमा ४० जना केटा फेल हुन्छन्, त्योचाहिँ केही होइन ???
यो विषयमा सरकारले कहिले सोच्ने ??
०००
धुर्मुसले नयाँ रंगीन टिभी किनेछ, ल्याएकै दिन उसले टिभीलाई पानीमा डुबाएछ, त्यो देखेर माग्नेबूढाले सोधेछ : किन पानीमा टिभी डुबाएको धुर्मे ?
धुर्मुस : पसलेले रंगीन टिभी त भन्यो, फेरी रंग गयो भने त बर्बाद हुन्छ, त्यही भएर रंग जान्छ कि जाँदैन भनेर चेक गरेको नि ?
०००
गर्लफ्रेन्ड नहुनुका फाइदा :
१. पैसा र समय दुवैको बचत,
२. जुनसुकै सुन्दरीलाई पनि निर्धक्कसँग हेर्ने छुट,
३. स्टाइल, फेसन आदि कुराको कुनै चिन्ता नहुनु,
४. टाइम बेटाइमको कल र मिसकलबाट मुक्ति
५. बाउआमा, नातागोता तथा छरछिमेकसँग चोरजस्तो लुकिलुकि हिँड्नु नपर्ने, जुनसुकै रेस्टुराँमा निर्धक्क र मन लागेको खानेकुरा मन नबाँधी खान पाइने।
६. झूट बोल्नबाट छुट्कारा (गर्लफ्रेन्डको रूप, फेसन, मेकअप आदिका बारेमा झूटो भए पनि प्रशंसा गर्नैपर्ने हुनाले)
अब गर्लफ्रेन्ड नहुनुको एउटै मात्र बेफाइदा
जुनसुकै बेला पनि गर्लफ्रेन्ड नभएको विषयमा चिन्ता गरेर माथि उल्लेखित कुनै पनि फाइदा उठाउन नसक्नु !
०००