साप्ताहिक संवाददाता
- नीरञ्जन भावुक
खै, आफूले खाने गरेको भए पो थाहा पाउनु ?
- एलिजा रिजाल
लत छाड्नुभन्दा पनि लत लाग्नै दिनु हुँदैन। सेबन गरेन भने त लत नै लाग्दैन नि।
- प्रतिभा बराल
मर्नुपर्छ भन्ने थाहाहुँदै पनि किन जन्मिन्छ मानिस ? किन बाँच्छ यति लामो समय ? त्यस्तै त हो नि।
- राधा खड्का
रक्सी-चुरोट नखाँदा पनि एक दिन मरिन्छ भन्ने सबैलाई थाहा छ नि, त्यसैले छाड्दैनन्।
- सरोज पुलामी
स्वास्नीले दिमाग खान्छे भन्दैमा कसैले विवाह गर्न छाड्छन् र ?
- सुबास खनाल
सबैलाई थाहा छ असर गर्छ, तर खानेहरूलाई मात्र थाहा छ, यसमा कति मजा छ ?
- मंगोलियन किङ
सबैले चटक्कै छाड्ने हो भने त चुरोट, मदिरा र खैनीको व्यापारबाट करोडपति भएकाहरू फेरि रोडपति बनिहाल्छन् नि। त्यही भएर आफूले सास्ती सहेर भए पनि उत्पादकहरूको उपकार गरेका होलान् नि।
- मोहन ढुंगाना
पहिले खाएर हेर्नुहोस्, अनि आफैं थाहा पाइहाल्नुहुन्छ नि।
- रविन
असर त श्रीमतीले पनि गर्छे। के उसो भए श्रीमति पनि छाड्नु ?
- पासाङ तामाङ
नशा भनेकै यति त हो नि। त्यही भएर छाड्न सकिँदैन।
- आशिक महर्जन
खाएपछि तुरुन्त लाग्छ, त्यही भएर छाड्न सकिँदैन।
- सुरेन गुप्ता
रक्सी छाड्दा पाँच वर्ष बढी बाँचिन्छ भन्ने ग्यारेन्टी लिने हो भने म छाडिदिन्छु।
- सुदर्शन नेपाल
रक्सी, चुरोटले असर गर्छ भन्ने थाहा हुँदाहुँदै उत्पादन चाहिँ किन गरेको त ?
- धराप लामा
केटी साथी र धूम्रपान उस्तै हुन्। लत लागेपछि छाड्नै सकिँदैन।
- शिव भण्डारी
सान देखाउन र टेन्सनबाट मुक्त हुन।
- कला मगर
मानिसले छाड्न खोजे पनि त्यही रक्सीले छाड्न मान्दैन नि।
- रमेशकुमार श्रेष्ठ
थाहा भएन हौ मलाई त। आफूले त खाएकै छैन।
- परशुराम पौडेल
रक्सी खाएपछि बेग्लै संसारमा पुगिन्छ, त्यसैले।
- बिनम भुजेल
मानिसहरू आफ्नो जिन्दगीदेखि विरक्त लागेर पिउँछन्। अर्को कुरा कसैको वियोग खप्न नसकेर पनि यसको लत छाड्न सक्दैनन्।
- विवेक पोखरेल
माया गर्ने मानिस टाढा भएपछि पिउन मन लाग्दो रहेछ।
- अन्जान यात्री
भ्रष्टाचार गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै किन भ्रष्टाचार गर्छन् मानिसहरू ? त्यस्तै त हो नि।
- साजन श्रेष्ठ
सबैले धूम्रपान, मद्यपान छाड्ने हो भने कम्पनीहरू बन्द हुन्छन्, रोजगारी पाएकाहरू बेरोजगार हुन्छन्।
- आदर्श लामा
जे नगर भन्यो त्यही काम गर्न मन लाग्छ। त्यही भएर पो हो कि ?
- आलोक क्षेत्री
तुरुन्तै असर नगर्ने भएकाले।
- राजेश खतिवडा
पिउन सजिलो छ भन्नेहरू एकचोटि पिएर त हेर, पिउन कति गार्हो छ। त्यसपछि आफै थाहा भैहाल्छ नि चुरोट, रक्सी वा अरू केही किन खाने भनेर।
- सुवास पण्डित
बानी छोड्न मन लाग्छ, तर जति प्रयास गरे पनि सकिँदैन।
- शिव साम्पाङ
तनाव भगाउन।
- अजय तामाङ
अज्ञानताका कारण। नेपालीहरू नगर भनेको काम पहिल्यै गर्छन्। गर भनेको काम कहिल्यै गर्दैनन्।
- ज्ञानेन्द्र
चुरोट-रक्सी पिउनु त प्रकृतिको देनसरह नै भएको छ।
- सुवास सोनी
बरु छोड्ने उपाय केही छ भने बताइदिनुस् न।
- बिकु बीसी
उद्योग तथा स्वास्थ्य मन्त्रालयलाई माथि उठाउन होला।
- कपिल बस्नेत
नखाइदिने हो भने कम्पनीहरू डुब्छन्, त्यसैले।
- ललित कार्की
नबनेको भए कहाँ खान्थे र ? बनेरै त खान थाले।
- धीरेन्द्र बोहोरा