साप्ताहिक संवाददाता
- अनुभा लिम्बू, पाँचथर
मेरो विचारमा साप्ताहिकले खेलकुद समाचारलाई अझ बढी स्थान दिनुपर्छ । थप ४ पेज स्थान दिँदा कसो होला ?
- ३७१७
गीताञ्जली त भारतीयजस्तै लाग्छिन् । (गीताञ्जलीको फड्को, असोज ३) उनमा नेपालीपन भेटिँदैन ।
- सुवास पुरी
गायक सुमन सरगमका बारेमा पढ्न पाउँदा निकै खुसी खुसी लाग्यो । अझ धेरै कुरा उल्लेख गरेको भए सुनमा सुगन्ध हुने थियो ।
- सुमन बयलकोटी
मिस मगर-२०१४ की विजेता उषा पाइजा मगरलाई धेरै-धेरै बधाई छ ।
- समित थापामगर
एन्फा कप अन्डर-१६ का बारेमा जानकारी दिन ढिलाइ भयो । अघिल्लो अंकमै जानकारी दिनुपर्ने ।
- रोजी
भोटेचौरका बारेमा पढ्न पाउँदा खुसी लाग्यो । त्यहाँको लोकल कुखुराको मासु एवं स्थानीय परिकारहरूका बारेमा पढेपछि त्यहाँ पुग्न मन लाग्यो । यसरी नै नयाँ-नयाँ ठाउँका बारेमा जानकारी दिइरहनुहोला ।
- चितेन गुरुङ
यू-१६ टिमले नेपाललाई चिनाउन सक्छ । यस्तो टिमलाई नेपाल सरकारले पनि हेर्नुपर्छ ।
- अनिल दाहाल
पारस शाह नेपाल फर्किएकै राम्रो हुन्छ । परदेशमा नेपालको बदनामी हुनुभन्दा स्वदेशमै बसेको राम्रो हो ।
- अनिल दाहाल
कस्तो अचम्म ? (शरीरभन्दा लामो टुप्पी, असोज ३) शरीरभन्दा लामो टुप्पी पढेर आश्चर्य लाग्यो ।
- प्रतीकबाबु अर्याल
बेलैमा पढाइतिर मन लगाइएन भने दुःख पाइँदो रहेछ । (अशिक्षित हुनुको पीडा, असोज ३) राजु नेपालको जीवनबाट यही सिक्न सकिन्छ ।
- सीमा पाण्डे
आहा, हेर्दै लोभ लाग्यो । (प्रिन्ट कप, असोज ३) म पनि साथीहरूलाई यस्तै कप उपहार दिन्छु ।
- चाहना सिग्देल