पाँचौं संस्करणको 'मिस ई-कलेज-२०१४' को उपाधि प्रसादी एकेडेमीकी छात्रा १७ वर्षीया सराह चित्रकारले जितेकी छिन् । शुक्रबार २५ जना सहभागीबीच सम्पन्न प्रतियोगितामा सराहले मिस ई-कलेजको उपाधिसहित नयाँ स्कुटर पनि हात पारिन् । मुख्य उपाधिबाहेक बेस्ट स्किनको एवार्ड पनि सराहको नाममा रह्यो । फस्ट रनर्सअपको उपाधि प्रशंसा पौडेलले प्राप्त गरिन् भने उनी मिस पर्सनालिटी पनि छानिइन् । सेकेन्ड रनर्सअपको उपाधि ज्योति खड्काले प्राप्त गरिन् । ज्योतिलाई मिस फोटोजेनिकको एवार्ड पनि प्राप्त भयो ।सिजन मिडियाद्वारा आयोजित यो प्रतियोगितामा मनीषा ओली ट्यालेन्ट, संगीता थापा बेस्ट स्माइल, जाङ्मु शेर्पा बेस्ट वाक, सृष्टि श्रेष्ठ बेस्ट ड्रेस, सरोज क्ुमारी चौधरी फ्रेन्डसिप, सहारा श्रेष्ठ अनुशासन तथा गरिमा वस्ती पपुलर विधाका विजेता चुनिए । यसैगरी संगीता कार्की मल्टिमिडिया, श्रेया पाण्डे अर्गनाइजर च्वाइस, वर्षा धिताल बेस्ट हेयर तथा आरती चौधरी भ्यूअर च्वाइस एवार्डका विजेता भए ।