दसैंको अवसर पारेर काठमाडौंको सिफल चौरमा पहिलो सिफल महोत्सव-२०७१ सञ्चालन भैरहेको छ । गत शुक्रबार प्रारम्भ भएको महोत्सव आगामी सोमबारसम्म चल्ने छ । महोत्सवमा एकल गायन, नृत्य तथा हिपहप र बी-बोइङ प्रतियोगिता पनि सञ्चालन भैरहेका छन् । महोत्सवमा हस्तकला, स्वदेशी तथा विदेशी उत्पादनहरू, कृषि तथा स्थानीय उत्पादनहरू, मनोरञ्जन तथा बालउद्यान, स्थानीय तथा राष्ट्रिय परिकार, धार्मिक कथावाचनसहितका कार्यक्रम पनि सञ्चालित छन् । औद्योगिक शान्ति नेपालले आयोजना गरेको यो महोत्सवका क्रममा देशका लोकप्रिय गायक-गायिका तथा हास्यकलाकारहरूले मनोरञ्जक कार्यक्रमहरू प्रस्तुत गरिरहेका छन् ।