पाल्पाको रामपुर नगरपालिकाको बेझाड बजारमा लाखेनाच मेला सम्पन्न भएको छ । नेवा: समाज रामपुरद्वारा आयोजित मेलामा १४ समूहको सहभागिता थियो । मेलामा पाल्पाका साथै स्याङ्जा एवं तनहुँको समेत सहभागिता थियो । मेलामा मौलिक संस्कृति तथा वेशभूषाका साथ बाजासहित ठूलो संख्यामा लाखे समूहहरू रामपुरको बेझाड बजार परिक्रमा गरेका थिए ।