केही सितनको व्यवस्था पनि गरेपछि कोठामा कागज ओछ्याएर पिउन थाले । रक्सीको गन्ध हल्का रूपमा आइरहेको त्यो पदार्थ जति पिए पनि मात नलागेपछि वाक्क भएर उनीहरू सुते । भोलिपल्ट बिहान वर्षौंदेखि जापान बसिरहेका एक नेपाली उनीहरूको कोठामा आए । जार देखेर पहिले त अचम्ममा परे, त्यसपछि उनले सोधे- 'कसले ल्याएको यो जार ?' कलाकारमध्ये दुई जनाले भने- 'हामीले ल्याएको हो दाइ, तर यो रक्सी त झुर रहेछ । जति पिए पनि नलाग्ने ।' खित्का छाडेर हाँसे र भने- 'कहाँ बाट लाग्छ त ? यो रक्सी नै होइन, रक्सीको गन्ध भएको सुत्केरीलाई मसाज गर्ने औषधि पो हो ।'
हालैको अर्को प्रसंग, जर्मनीमा उच्च अध्ययनका लागि गएका एक युवकले केही महिनाअघि स्वदेश आउँदा स्थानीय रक्सीको एउटा बोतल ल्याए । उनको भिनाजु र उनी बसेर पिउने भन्दाभन्दै दिन बित्दै गयो । ती युवक र्फकनुभन्दा केही दिनअघि एक साँझ उनी भिनाजुलाई 'पिउँदै गर्नु, म एक घण्टामा आउँछु' भनेर कतै निस्किए । भिनाजुले त्यसमा आइस, कागती अनि पानी हाले । उद्देश्य कहिल्यै नचाखेको मदिराको स्वाद लिनु मात्र थियो, तर उक्त मदिरा कता-कता बैद्यको औषधिजस्तो थियो । खासै मात पनि नलाग्ने भएपछि अलिकति चाखेर उनले प्याकअप गरे । त्यो मदिरा जसलाई जर्मनीतिर 'एजरमाइस्टर' भनिन्थ्यो । ५६ वटा जडिबुटीबाट बनाइएको त्यो उच्च कोटीको मदिरामा पानी, बरफ, कागती वा अन्य केही पदार्थ मिसाउँदा त्यसको स्वाद नआउने र मात पनि नलाग्ने हुँदो रहेछ ।
रक्सी पिउनु र त्यसको प्रभावले मात्नु मात्र हो भन्ने बुझाइ हाम्रो समाजका धेरैजसो मदिरा सौखिनहरूमा छ । अझ दसैं जस्तो चाडपर्वमा मासु वा विभिन्न परिकारसँग रक्सीको बोतल रित्याउनुलाई नै रमाइलो मान्नेहरू यहाँ धेरै छन् । उल्लेखित पहिलो प्रसंगमा मदिरा नै गलत पर्यो भने दोस्रोमा पिउने तरिका जानिएन । वास्तवमा पिउन पनि जान्नुपर्छ, पिउने पनि कला हुन्छ । बार टेण्डरहरू भन्छन्- 'पिउने पनि तरिका हुन्छ ।'
बानेश्वर थापागाउँस्थित बार तथा वेभरेज म्यानेज्मेन्ट स्कुल ककटेल एन्ड डि्र्म्सका प्रशिक्षक, म्यानेजर एवं बारटेन्डर सविन श्रेष्ठका अनुसार 'मदिरा जिम्मेवारीपूर्वक पिउनुपर्छ । हामीकहाँ मदिरा पिउँदा घरपरिवार एवं समाजप्रतिको जिम्मेवारीप्रति
वेवास्ता गर्ने चलन छ । मदिराको गुण र स्तरअनुसार तरिकाले पिउनुपर्छ, जसले गर्दा त्यसको स्वाद पनि पाइन्छ तथा समाजमा इज्जत पनि कायम रहन्छ ।'
भोड्का : भोड्का साधारणतया चिसो मौसममा पिइने मदिरा हो । नेपाली बजारमा पाइने रुसलान, बायो, मिन्स्कका साथै विदेशी ब्रान्डमा एब्सोलुट, ग्रे गुज, क्रिओक आदि भोड्का पिउने तरिका भने उस्तै छ । यसमा पनि एब्सोलुटमा चाहिँ लेमोनेड, टनिक वाटर, फ्रुट जुस आदि अरेञ्ज र क्यानबेरी जुस मिश्रण गरेर अग्लो गिलासमा हालेर पिउनुपर्छ ।
जिन : सुख्खा मदिरा भनिने जिन विशेष गरी जुनिपर बेरीबाट बनाइएको हुन्छ । नेपालमा पाइने ब्लु रिवान्ड, ब्लु डाइमन्ड हुन् वा विदेशी ब्रान्डहरूमा बिफिटर्स, लन्डन ड्राई जिन, गोर्डन्स, गिल्बेज, बम्बे सफायर आदि । यी सबै पिउने तरिका एउटै छ । यसमा टनिक वाटरका साथमा लेमन स्लाइस र थोरै बरफका टुक्रा हाल्नु उपयुक्त हुन्छ ।
रम : नेपालको चर्चित खुकुरी रम डार्क रम हो । यसलाई चिसो मौसममा तातोपानीसँग मह र कागती मिसाएर पिउनुपर्छ । यसले चिसो मौसममा राहत दिन्छ । रमका विभिन्न प्रकार हुन्छन् । हवाना क्लब सिल्भर सेतो रम हो । यो रमलाई जुनसुकै मौसममा पनि कोक र लेमन मिसाएर पिउन सकिन्छ ।
हि्वस्की : हि्वस्कीमा पनि स्कच वा अमेरिकी, क्यानेडियन र आइरिस जस्ता प्रकार छन् । प्रकारैपिच्छे यसलाई पिउने बेग्लाबेग्लै तरिका छन् । सिभाज रिगल, रोयल स्यालुट, बल्लानटाइन्स, हन्ड्रेड पाइपर्समा सोडा र बरफका केही टुक्रा मिसाउनु राम्रो हुन्छ भने सिंगल माल्ट स्कच जस्तो कि ग्लेनलिभेट, ग्लेनफिडि्क, मक्लेन, हाइल्याण्ड पार्क आदिलाई चाहिँ त्यत्तिकै 'निट' अथवा बरफका थुप्रै टुक्रालाई गिलासमा राखेर त्यसमा 'रक्स' बनाई पिउनुपर्छ । अमेरिकी हि्वस्कीहरूमा ज्याक डेनियल्स (जसलाई सर्ट र्फममा 'जेडी' पनि भनिन्छ) मा कोक मिश्रण गर्नु राम्रो हुन्छ । यसैगरी आइरिस हि्वस्की 'निट' अथवा अन द रक्स बनाएर पिउनुपर्छ भने जेम्सन जिन्जर एल, क्यानेडियन हि्वस्कीहरूचाहिँ लेमोनेडसँग मिश्रण गर्नुपर्छ ।
कोन्र्याक : नेपाली समाजमा कोन्र्याक पिउनेहरूको संख्या निकै कम छ । यसको स्वादमा भुल्नेहरू विदेशमा धेरै हुन्छन् । नेपालको बजारमा पाइने मार्टल, हेन्नसी, रेमी मार्टिन आदि ब्रान्डका कोन्र्याकलाई बेलुन गिलासमा त्यतिकै 'निट' वा मनतातो पानीमा मह मिसाएर पिउन सकिन्छ । कोन्र्याक रातिको खानापछि पिउनु राम्रो मानिन्छ ।
टकिला : मेक्सिकोको उत्पादन हो, टकिला । नेपालमा पनि अहिले 'टकिला सट' लिनेहरू बढेका छन् । नेपालमा ओल्मेका, सौजा, जोस क्युर्भो नामका टकिला उपलब्ध छन् । सट ग्लासमा 'निट' टकिला हालेर स्वाट्टै पिएपछि कागतीको टुक्रा र नुन चाटदा बेग्लै मज्जा आउने मदिरा पारखीहरू बताउँछन् ।
मोहिटो
सामग्री : लाइट रम, लाइम जुस, चिनी, क्लव सोडा तथा पुदिना, गिलास- हाइबल गिलास ।
सबैभन्दा पहिले पुदिनाको पात, २ चम्चा चिनी तथा थोरै पानी मिसाएर घोल्ने । अब त्यसमा आइसको टुक्रा, २ वा ३ सय मिलिलिटर लाइट रम १ सय मिलिलिटर लाइम जुस मिसाएर राम्रोसँग हल्लाउने । आइसले भरिएको हाइबल गिलासमा उक्त मिश्रणलाई सोडासँगै खन्याउने । त्यसमाथि २-३ पात पुदिना राखेर सर्भ गर्ने ।
डाइक्विरी
सामग्री : लाइट रम, कागतीको रस र चिनी
गिलास- मार्टिनी गिलास
सय मिलिलिटर लाइट रम, कागतीको रस तथा पिसेको चिनी एउटा भाडामा हाल्ने । त्यसमाथि केही टुक्रा आइस हालेर राम्रोसँग हल्लाउने । यो मिश्रणलाई मार्टीनी गिलासमा सर्भ गर्नुपर्छ ।
ओल्ड फेसन ककटेल
सामग्री : हि्वस्की, चिनी, सुन्तलाको टुक्रा, एंगस्टुरा विटर्स तथा चेरी गिलास- ओल्ड फेसन्ड गिलास ।
गिलासमा १ चम्चा पिसेको चिनी, एंगस्टुरा विटर्स एवं थोरै सोडा मिसाएर हल्लाउने । त्यसमा रहेको चिनी राम्रोसँग घुलेपछि गिलासमा आइसको टुक्रा भर्ने । त्यसपछि सय मिलिमिटर जति हि्वस्की, सुन्तला र चेरीका केही टुक्रा हालेर सर्भ गर्ने ।
मार्गरिटा
सामग्री : टकिला, टि्रपल सेक, लाइम जुस तथा नुन ।
मार्गरीटा गिलासको किनारमा लाइम जुस लगाएर त्यसमा नुन डुबाउने । अब डेढ मिलिलिटर टकिला, थोरै टि्रपल सेक तथा १ मिलिलिटर लाइम जुस मिसाएर राम्रोसँग हल्लाउने । उक्त मिश्रणलाई नुन हालिएको मार्गरीटा गिलासमा सर्भ गर्ने ।
टकिला सनराइज
सामग्री : टकिला, सुन्तालको रस, ग्रेनेडिन सिरप, चेरी तथा सुन्तलाको टुक्रा, गिलास- हाइवल गिलास ।
डेढ सय मिलिलिटर टकिलामा ३ सय मिलिलिटर सुन्तलाको रस तथा आइसको टुक्रा मिसाएर हाइबल गिलासमा हाल्ने । त्यसलाई केही बेर हल्लाएपछि गिलासमा आधा आउन्स ग्रेनेडिन सिरप मिसाउने । उक्त सिरप गिलासको पींधमा पुग्नुपर्छ र ककटेलको रंग सूर्योदयको जस्तै देखिनुपर्छ । अब,यसमा सुन्तला र चेरीको टुक्रा सजाएर सर्भ गर्ने ।
टम कोलिन्स
सामग्री : जिन, कागतीको रस, चिनी, सोडा, चेरी तथा सुन्तलाको टुक्रा
एउटा ठूलो भाँडामा २ सय मिलिलिटर जिन, १ मिलिलिटर कागतीको रस तथा १ चम्चा पिसेको चिनी हाल्ने । त्यसमा आइसको टुक्रा हाली राम्रोसँग घोल्ने । यो मिश्रणलाई आइस भरिएको गिलासमा हालेर सोडाले भर्ने । त्यसपछि चेरी र सुन्तलाको टुक्रा सजाएर सर्भ गर्ने ।