हलिउडका लोकप्रिय अभिनेता ब्राड पिट तथा अभिनेत्री एन्जेलिना जोलीले २५ करोड पाउन्ड अर्थात् ३८ अर्ब ७७ करोड रुपैयाँमा एउटा पानी जहाज खरिद गरेका छन् । लिभइन टुगेदरमा लामो समय रहेर बालबच्चासमेत हुर्काइसकेको अवस्थामा केही अघि मात्र उनीहरूले फ्रान्समा विवाह गरेका थिए । उनीहरू अर्को एउटा पानी जहाज पनि खरिद गर्ने तयारीमा छन्, जसको मूल्य २ लाख पाउन्ड अर्थात् ३ करोड १५ लाख नेपाली रुपैयाँ पर्ने बताइन्छ । वेबसाइटहरूका अनुसार यी दुई पानी जहाजको सजावट इटालियन जहाज निर्माता रिज्जारदीले गर्नेछ । दुवै जहाजमा डिजिटल क्यामेरा पनि लगाइनेछ । बाहिरको कुनैपनि मानिस आउन नसकुन भनेर डिजिटल क्यामेरा लगाइने भएको हो । हाल माल्टामा एक चलचित्रको सुटिङमा व्यस्त यी जोइपोइले विवाहलगत्तै सम्पत्ति जोड्ने सिलसिलामा ती पानी जहाज खरिद गरेका हुन् ।