साप्ताहिक संवाददाता
असल बाइटस्
काममा लगनशील : कुनै पनि दृश्यको छायांकनमा लापरवाही गर्दिनन् । पूर्वाभ्यास गरेर मात्र आफ्नो चरित्रलाई क्यामेरामा उतार्ने प्रयास गरिरहेकी हुन्छिन् ।
सहयोगी : सहकलाकारलाई सहयोग गर्ने बानी छ । यसरी सहकलाकारलाई सहयोग गर्दा उनले आफ्नो अभिनयकला स्वभाविक रूपमा देखाउन पाउँछिन् ।
फ्रेन्ड्ली : हाँसिरहने स्वभाव एवं ठट्टा-मजाकमा साथ दिने फ्रेन्ड्ली बानी मन पर्छ ।
गज्जबकी नृत्याङ्गना : उनको नृत्य कला देखेर म आफैं उनको डाइहार्ट फ्यान भएको छु ।
महत्त्वाकांक्षी : उनले जीवनमा आफूले प्राप्त गर्न खोजेको लक्ष्य निर्धारण गरिसकेकी छिन् । मलाई लाग्छ, एक दिन उनले आफ्नो महत्त्वाकांक्षा पूरा गरेरै छाड्छिन् ।
खराब बाइटस्
रिजर्भ देखिनुपर्ने : नवपरिचितहरूसँग कम बोल्छिन्, जसले गर्दा उनी घमन्डी तथा रूखो स्वभावकी छिन् भन्ने भ्रम पर्छ । वास्तवमा उनी त्यस्ती छैनन् ।
डाइटमा कन्ट्रोल छैन : अलिअलि मोटाएर के फरक पर्छ र ? भन्ने उनको सोच छ, जुन उनको करियरका लागि घातक सावित हुनसक्छ ।
फोन नउठाउने : प्राय: फोन रिसिभ नगर्ने उनको हेलचेक्र्याइँले कहिलेकाहीं उनकै लागि अप्ठेरो पो पर्ने हो कि भन्ने डर लाग्छ ।
नाइँ भन्न नसक्ने : कसैलाई पनि नाइँ भन्न नसक्ने उनको स्वभावले गर्दा उनले जस्तो पायो त्यस्तो चलचित्रमा काम गरिन्, जुन उनकै लागि नकारात्मक सावित भयो । अब त त्यसो गर्दिनँ भनेकी छिन्, हेरौं ।
अति भावुक : अरूको सानोतिनो दु:खमा पनि चासो राख्छिन् र आफ्नो काम छाडेर भए पनि सहयोग गर्न तम्सिन्छिन् । आफ्नै काम बिगार्ने उनको भावुक स्वभाव उनकै लागि ठीक छैन ।