परिवारका सदस्यहरूसँग खुलेर दसैं मनाइयो । विदेशका कार्यक्रमहरूमा पनि गइएन, त्यसैले निकै रमाइलो भयो ।
दक्षिणा कत्तिको बटुल्नु भयो ?
दक्षिणा पाइयो र दिइयो पनि, तर दसैंको टिकामा दक्षिणा भन्दा आशिर्वाद धेरै बटुलेँ ।
तास खेलेर त निकै जित्नुभयो होला नि ?
खेलियो, तर जित-हारभन्दा पनि हामीले रमाइलोका लागि मात्र तास खेल्यौ । खासै जितिएन र हारिएन पनि ।
दसैंपछि अबका योजना के-के छन् ?
विदेशका केही कार्यक्रममा जानु छ । केही गीत रेकर्ड गराउनु छ । धेरै छन् मेरा योजना र कामहरू ।
साँच्चै, कति वर्ष भयो तपाईंले गाउन थालेको ?
सानो उमेरदेखि नै गाउन थालेकाले धेरै वर्ष भयो ।
कतिवटा जति गीत रेकर्ड भए होलान् ?
३ हजारभन्दा बढी ।
कतिवटा भाषामा गाउनुभयो ?
मातृभाषा नेपालीमा सबैभन्दा धेरै गाएको छु, त्यसबाहेक हिन्दी, नेवारी, थारु, भोजपुरी, बंगाली, पंजाबी, अंग्रेजीलगायत अन्य केही भाषामा पनि गाएको छु ।
बलिउडमा पनि ट्राई गर्नुभएको थियो होइन ?
हो, केही समय उतै बसेर प्रयास गरेको थिएँ, तर देश र आफन्तको मायाले यतै फर्किएँ ।
बलिउडमै बसिरहनुभएको भए अहिलेसम्म सफलता त हात लाग्थ्यो कि ?
'बसे लेउ लाग्छ, हिंडे छेउ लाग्छ' भन्ने उखान मिल्छ यो प्रसंगमा, तर मलाई भगवानले जे जति सफलता दिए म त्यसमै खुसी छु ।
बुढेसकाल लागेको अनुभव भएको छैन ?
खै मलाई त अनुभव भएको छैन, तपाईंलाई त्यस्तो लाग्यो र ?
अहिले पनि महिला प्रशंसकहरू मरिहत्ते गर्छन् होला हैन ?
म रिजर्भ बस्ने स्वभावको भएकाले पटक्कै छैनन् ।
गायकका रूपमा चर्चित भएपछि अहिलेसम्म कति जति प्रेम प्रस्ताव आए ?
पहिले त अनगिन्ती आए, तर अहिले भने आउन छाडेको छ ।
कुन गायिकासँग युगल गीत गाउने मन छ ?
कुनै समय आशा भोसलेसँग गाउने चाहना थियो, त्यो पूरा भैसकेको छ । अब अल्का याग्निक सँग गाउने चाहना छ ।
कुन अभिनेताका लागि प्लेब्याक गर्ने चाहना छ ?
अमिताभ बच्चन ।
नेपालका कुन-कुन नायकलाई तपाइको आवाज सुहाउँछ ?
कसलाई चाहिँ सुहाउँदैन होला र ?
सबैभन्दा नजिकका पाँच जना सेलिब्रेटी मित्र ?
शम्भुजित बासकोटा, प्राश्ना शाक्य, सविना कार्की, जुना प्रसाईं तथा मिलन अमात्य ।
गायनबाहेक गायकमा हुनुपर्ने तीन महत्त्वपूर्ण गुण ?
एकाग्रता, धैर्यता तथा वाकपटुता
बिहान उठ्दा लिंग परिवर्तन भएर महिला बन्नुभयो भने ?
तपाईंलाई फोन गरेर प्रेमप्रस्ताव राख्थंे ।