दुइटा सोलो एल्बमको काम भैरहेको छ । एकल एल्बम 'भुल्न खोजेर' र 'बद्नाम' दर्शकमाझ आउादैछन् । 'भुल्न खोजेर' को म्युजिक भिडियो भर्खरै बजारमा आएको छ । 'बद्नाम' को म्युजिक भिडियोका लागि तयारी हुँदैछ ।
तपाईंलाई पछिल्लो पुस्ताको आशालाग्दो गायक भनिन्छ नि ?
कलाकार भनेको दर्शक-श्रोताको मन जितेर भइने हो । संगीतमा रहर गरेर मात्र स्थापित हुन सकिंदैन । मेरो स्वभावअनुसार मैले गम्भीर एवं गहन गीत-गजलहरू रोजें । यसबाट मैले धेरै नै माया पाएँ । मेरो स्वर मन पराएर दर्शक-श्रोताले आशालाग्दो भन्नु मेरा लागि गौरवको कुरा हो ।
सांगीतिक क्षेत्रमा प्रवेश गरेको कति भयो ?
छ वर्षअघि 'यो माया हराएको सहर हो प्रिया' गीत रेकर्ड भएको हो । गुरु चण्डीप्रसाद काफ्लेको संगीतमा म गायन क्षेत्रमा प्रवेश गरेको हुँ । बुवा पनि स्थानीय भजन गायक हुनुहुन्थ्यो । दाजु पनि कलाकारितामा रुचि राख्नुहुन्थ्यो । त्यसले गर्दा पनि म सानैदेखि संगीतसँग नजिक रहें ।
अहिलेसम्म कतिवटा एल्बम निकाल्नुभयो ?
कलेक्सन एल्बम पनि जोड्ने हो भने २५ वटा पुगिसक्यो । 'गुरु' मेरो पहिलो एकल एल्बम हो । 'भुल्न खोजेर' र 'बद्नाम' सहित तीनवटा सोलो एल्बम सार्वजनिक गरेको छु । यी दुवै एल्बममा पााच-पााचवटा गीत-गजल समेटिएका छन् ।
लोकप्रिय गीत कति छन् ?
मेरो पहिलो एल्बम 'गुरु' नै चर्चामा थियो । उक्त एल्बमको 'ऊ जितेर गई या हारेर गई' लोकप्रिय छ । त्यस्तै, 'यो माया हराएको सहर', चलचित्र महसुसको 'दिल चुक्छ......' आदि गीत गजललाई श्रोताहरूले निक्कै मन पराउनुभयो ।
महोत्सव तथा स्टेज कार्यक्रमहरूमा कत्तिको सहभागी हुनुहुन्छ ?
म अहिले नै सफल भैसकेको छैन । यद्यपि, महोत्सवहरूबाट कल आउँछ । प्रख्यात हुन्छौ, आउने-जाने खर्च दिन्छौँ भन्छन्, तर मलाई हतार छैन र त्यति हलुका भएर जाने कुरा पनि आएन । बरु साधना गर्छु, एउटा राम्रो चिज निस्कन्छ ।
तपाईंका श्रोता कस्ता खालका छन् ?
एउटा लेबलका मानिसहरू मेरा श्रोता हुनुहुन्छ, जसले संगीतको खास अर्थ बुझेको छ । यद्यपि अब आमश्रोताले बुझ्ने गीत पनि ल्याउादैछु ।