साप्ताहिक संवाददाता
- लीलानाथ भट्टराई
यही त समस्या छ नेपालमा। (-युवा मन, जामपछिको उपजाम, असोज २४) बाटो फराकिलो नभएपछि यस्तै समस्या झेल्नुपर्छ।
- प्रकृति पौडेल
नेपाली लेडी राइडरहरूको साहसिक कामका बारेमा प्रकाशित कभर स्टोरीले आकषिर्त गर्यो- धन्यवाद साप्ताहिक।
- सन्तोष सिम्खडा
यो त असम्भव छ। (उल्टो घर, असोज २४) कसरी त्यस्तो हुन सक्छ ?
- सुरेन बस्नेत/विष्णु धिताल
जापान जाने प्रक्रियाका सम्बन्धमा थप जानकारी लिन मन लाग्यो।
- केशवराज अर्याल, नुवाकोट
साप्ताहिकले चलचित्रसम्बन्धी खबरलाई बढी स्थान दिनुपर्यो।
- विकास तुम्बाहाम्फे
साप्ताहिकमा ज्ञानवर्द्धक एवं रोचक कुराहरू समेट्नुपर्यो।
- संसार लामा, सिन्धुपाल्चोक
नेपालको स्थिति यस्तै छ। जामपछिको उपजाम यथार्थ छ। (जामपछिको उपजाम, असोज २४) यस्तै रमाइला विषयमा कलम चलाउँदै जानुहोला।
- सन्जय श्रेष्ठ, जनकपुर
डा. राजेन्द्र भद्राको सल्लाह राम्रो लाग्यो। (सम्भोग हुँदाहुँदै औंलाले नै चलाएर किन चरमसुख लिनुपर्ने ? असोज २४) उहाँको जवाफले यस्ता समस्या भोग्ने अरूलाई पनि राहत दिनेछ।
- आकाश रिजाल, गजेन्द्र गोले
केकीजी, राम्रो काम गर्नु भएछ। (अनुभव, २ लाख भेट्दा, असोज २४) यसले आममानिसलाईसकारात्मक काम गर्ने प्रेरणा दिनेछ।
- राजन पाठक
बेलायती कलाकार जान सेल्टरका तस्बिरले नेपालीपनको झझल्को दिन्छन्। (-सेल्टरका नेपाली अनुहार, असोज २४) विदेशी नागरिक भएर पनि नेपालीहरूको तस्बिर जस्ताको तस्तै उतार्न सफल भएकोमा उहाँलाई बधाई छ।
- सिद्धान्त पोखरेल