साप्ताहिक संवाददाता
एवार्डको सर्वोत्कृष्ट गीतको विधामा डीआर, गोविन्दप्रसाद उपाध्याय, हरि विष्ट, खेम रिजाल तथा रामचन्द्र क्ष्ाेत्री मनोनीत छन्। सर्वोत्कृष्ट गायन सुगम संगीत (पुरुष) को विधामा नरेन्द्र प्यासी, प्रमोद खरेल, उदय सोताङ, स्वरूपराज आचार्य तथा सत्यराज आचार्य मनोनीत छन्। यही विधाको महिलातर्फ अञ्जना गुरुङ, श्रेयसी चेम्जोङ, मिलन अमात्य, अञ्जु पन्त तथा रजिना रिमालबीच प्रतिस्पर्धा हुँदैछ।
सर्वोत्कृष्ट रचना (सुगम संगीत) तर्फ सुरेन्द्र महर्जन, राजकुमार बगर, डीआर, योगेन्द्रमणि दाहाल तथा देवेन गिरी मनोनीत छन्। सर्वोत्कृष्ट एल्बम सुगम संगीतको विधामा नजर, पहिलो भेट, माया नै माया-२, सत्यता तथा द पेन एण्ड देवेनबीच प्रतिस्पर्धा हुँदैछ। सर्वोत्कृष्ट पप गायन (पुरुष) विधामा शिवराज गुरुङ, सुनिल गिरी, सुगम पोखरेल, कमल खत्री तथा कमल क्षेत्री मनोनीत छन्। पप गायिकाको विधामा सहिमा श्रेष्ठ, आकांक्षा बस्याल, जुना प्रसाईं, मिलन अमात्य तथा सिने गुरुङबीच प्रतिस्पर्धा हुँदैछ। सर्वोत्कृष्ट संगीत (पप) को विधामा गायक सुगम पोखरेल, राजु सिंह, कमल खत्री, सपन श्रेष्ठ तथा सञ्जिव पुडासैनी मनोनीत छन्। सर्वोत्कृष्ट युगल गायनको विधामा दिपक लिम्बु र अञ्जु पन्त, राजेशपायल राई र सहिमा श्रेष्ठ, ईश्वर पोखरेल र अञ्जु पन्त, शुभ तामाङ र अञ्जु पन्त तथा सत्य र स्वरुपराज आचार्यबीच प्रतिस्पर्धा हुँदैछ।
सर्वोत्कृष्ट लोकदोहोरी गायकको विधामा विरही कार्की, विमल डाँगी, मौसम गुरुङ, हरि डाँगी तथा राजु ढकाल मनोनीत छन् भने दोहोरी गायिकाको विधामा ज्योति मगर, विष्णु माझी, देवी घर्ती, सरिता कार्की तथा सुनिता दुलालबीच प्रतिस्पर्धा हुँदैछ। सर्वोत्कृष्ट लोकदोहोरी गीतको विधामा जूनकै अभाव, धूवाँसरि फैलेछ कुरो त, घामछायाँ, पुलिसवालाले तथा आँखै प्यारो छबीच प्रतिस्पर्धा हुँदैछ। चलचित्रको पाश्र्व गायन (पुरुष) तर्फ सञ्जीव सिंह (मोक्ष), राज सिग्देल (छ एकान छ), स्वरूपराज आचार्य (नाइँ नभन्नु ल), राजेशपायल राई (झोले) तथा युवराज चौलागाईं -नोभेम्बर रेन) मनोनीत छन्। गायिकातर्फ दुर्गा खरेल -बिन्दास २), मिलन अमात्य (मेरो बेस्टफ्रेन्ड), मिलन अमात्य (काली), रजीना रिमाल (नाइँ नभन्नु ल २) तथा अञ्जु पन्त (मेरो जीवन साथी) प्रतिस्पर्धामा छन्।
सर्वोत्कृष्ट चलचित्र संगीतको विधामा सञ्जिव सिंह (मोक्ष), अर्जुन पोखरेल (बिन्दास २), गैरे सुरेश (नाइँ नभन्नु ल २), ताराप्रकाश लिम्बू (नोभेम्बर रेन) तथा हरि लम्साल (झोले) मनोनीत छन्। राष्ट्रिय गीतको विधामा किरण केसी क्रोधी, आरपी दाहाल, रमेश अधिकारी, देवेन गिरी तथा शैलेन्द्र शरदबीच प्रतिस्पर्धा हुँदैछ। सुगम संगीतको म्युजिक भिडियो निर्देश्ाकतर्फ निकेश खड्का, सहेन्द्र श्रेष्ठ, प्रविन श्रेष्ठ, मिलन चाम्स तथा प्रदीप निरौलाबीच प्रतिस्पर्धा छ भने लोकगीतको भिडियो निर्देशकतर्फ कपिल लामा, शंकर बीसी तथा कपिल लामाबीच प्रतिस्पर्धा छ।
समारोहमा सर्वोत्कृष्ट म्युजिक कम्पनी, सर्वोत्कृष्ट लोकदोहोरी मोडल, सुगम संगीततर्फको म्युजिक भिडियोका मोडल, पप तथा संगीत संगीततर्फ सर्वोत्कृष्ट नव प्रतिभा, लोकदोहोरीतर्फ नवप्रतिभा, ध्वनि मुद्रण, एडिटर, लोकदोहारी भाका, महिला गीतकार, लोकदोहोरी रचना आदि विधामा समेत एवार्ड प्रदान गरिनेछ। समारोहमा प्रदान गरिने विन्ध्यवासिनी लाइभटाइम एचिभमेन्ट एवार्ड, विन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार तथा विन्ध्यवासिनी सगीत रत्न पुरस्कारका विजेताको नाम भने घोषणा हुन बाँकी छ।