साप्ताहिक संवाददाता
असल बाइटस्
काममा लगन : कामप्रति उनको लगनशीलता देखेर म सबैभन्दा बढी प्रभावित भएको छु । यही प्रकारले काम गर्दै गइन् भने उनलाई नम्बर वान बन्न कसैले रोक्न सक्दैन ।
चलचित्रकै लागि बनेकी : बाहिरभन्दा पर्दामा अझ राम्री देखिने तथा चलचित्र नायिकामा हुनुपर्ने गुणहरूले गर्दा शिल्पा चलचित्रमा नायिका हुनकै लागि जन्मिएकी हुन् भन्दा फरक पर्दैन ।
प्रतिभाशाली : अभिनय उत्तिकै राम्रो गर्छिन् भने उनको नृत्यकला पनि प्रशंसनीय छ ।
पङ्चुअल : समयको महत्त्व यति बुझेकी छिन् कि भनेको समयमा आइपुग्छिन् ।
सभ्य : उनको बोली व्यवहार निकै सभ्य छ । कसैको चित्त दुखाउन चाहँन्नन् ।
खराब बाइटस्
चाँडै रिसाउने : रिस त उनको नाकको टुप्पोमै हुन्छ । उनले चाँडै रिसाउने आफ्नो बानी सुधार्नुपर्छ ।
घुलमिल नहुने : एकपटक परिचित व्यक्तिसँग पनि कुरा गर्न अप्ठेरो मान्छिन् । घुलमिल भइएन भने यो क्षेत्रमा टिक्न गाह्रो छ ।
मिडिया फ्रेन्ड्ली छैनन् : मिडियाको भूमिका बुझेर पनि उनी मिडियाबाट टाढै रहन खोज्छिन्, जुन राम्रो होइन ।
खानामा नो कन्ट्रोल : नायिका भएपछि आफूलाई मेन्टेन गर्न खानपिन परिवर्तन गर्नुपर्ने हो, तर यसमा उनले खासै ध्यान दिएको पाइँदैन ।
ढिलो उठ्ने : बिहान नौ बजेसम्म सुतिरहने बानी छ, यो बानी पनि सुधार्नुपर्छ ।