२०६४ सालमै पहिलो एकल एल्बम 'समर्पण' सार्वजनिक गरेर चर्चामा आएका पुराना गायक रमण रेग्मी नयाँ गीतमार्फत श्रोतामाझ आउने तयारीमा छन् । पहिलो एल्बम सार्वजनिक गरेलगत्तै अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका गायक रेग्मीले दसैंअघि गायक मधु क्षेत्रीको पुरानो गीत 'घर त लगनखेल...' लाई रिमिक्स गरे । दसैंअघि नै निर्देशक प्रसन्न पौडेलले उक्त गीतको म्युजिक भिडियो समेत तयार पारेका छन् । काभ्रेका यी गायक अस्ट्रेलियाका विभिन्न सहरमा आयोजना हुने नेपाली सांगीतिक कार्यक्रमहरुमा सहभागिता जनाइरहेका छन् ।