साप्ताहिक संवाददाता
- राम रेग्मी
दिनुपर्छ, मान्यता दिने हो भने बलात्कारजस्ता अपराध कम हुन्थे ।
- साक्थिम योङ्मा
दिँदा राम्रो हुन्छ । धेरैले रोजगारी त पाउँथे ।
- गोकुल पौडेल
देहव्यापारलाई कानुनी मान्यता दिनु हुँदैन । कानुनी मान्यता दिइयो भने नेपाल अझ पछाडि धकेलिन्छ ।
- लाल किराँती
मजाले दिए हुन्छ । रोजगारी र व्यापार पनि केही छैन, त्यसैलाई ब्यापार बनाउनुपर्छ ।
- मौसम खरेल
कुनै पनि हालतमा मान्यता दिनु हुँदैन । किनभने एउटा कुहिएको आलुले अरू सबैलाई बिगारिदिन्छ । रोग सर्ने सम्भावना हुन्छ । समग्रमा समाजमा नकारात्मक असर पर्छ ।
- एलिशा गुरुङ
समयको माग हो र समयअनुसार चल्नैपर्छ । नेपालमा पनि वैधानिक वेश्यालय आवश्यक छ । होइन भने मन्त्रीदेखि सामान्य मानिसले पनि विदेशका कोठीहरू चहार्ने घटना अझ बढ्दै जान्छ ।
- आरबी सागर
कानुनी मान्यता दिनु नै राम्रो हुन्छ, तर त्यसका लागि सरकारले निश्चित ठाउँ तोकिदिनुपर्छ । श्रीमान्-श्रीमती सँगै होटेल छिर्दा त गलत दृष्टिले हेर्छ हाम्रो समाज । जे होस्, देहव्यापारलाई व्यवस्थित बनाउनुपर्छ ।
- असरफ आर अन्सारी
आफ्नो ज्यानको आफ्नो खुसी नि । चाहे सित्तैंमा दिऊन्, चाहे पैसा लिएर, तर केही सीमित ठाउँमा राज्यलाई कर तिर्ने गरी व्यवस्थित भए राम्रो ।
- दीपकराज
दिए हुन्छ । अब त रोक्न सक्ने स्थिति पनि छैन, तर कानुनको दायराभित्र रहेर सञ्चालन गर्न दिनुपर्छ ।
- शमशेर बहादुर
कानुनी मान्यता हरेक चीजलाई दिनुपर्छ अनि राम्रोसँग लागू गर्नुपर्छ ।
- सितिमान तामाङ
मान्यता दिनुनै राम्रो होला जस्तो लाग्छ । बलात्कारका घटनामा पनि केही हदसम्म कमी आउन सक्छ ।
- दिनेश कँडेल
शतप्रतिशत दिनुपर्छ । किनभने यो सरकारले जतिसुकै नियन्त्रण गरे पनि सम्भव छैन । यदि खुला गरिएन भने यो प्रहरीको कमाइखाने भाँडो मात्र हुनेछ, जिन्दगीभर नियन्त्रण हुँदैन ।
- दिवस चापागाईं
नेपालमा चेलीहरू बेच्ने कानुन छैन, तर पनि बेचिएकै छन् । यो प्रश्न पनि त्यस्तै हो । देहव्यापार लुकछिपि त भैरहेकै छ नि ।
- लक्ष्मी अधिकारी
यसैलाई पेसा बनाएर जीविकोपार्जन गर्नेहरू पनि छन् । तिनलाई त लाइसेन्स दिनैपर्छ ।
- आरती
देहव्यापारलाई मान्यता नदिँदा जताततै लाज मर्नु भैरहेको छ ।
- कृष्ण क्षेत्री
युरोपका धेरै राष्ट्रको अर्थतन्त्र बलियो बनाउने काम देहव्यापारले गरेको छ । भर्खर सकिएको विश्वकपमा ब्राजिलको लक्ष्य देहव्यापारसमेत थियो । जसअनुसार लाखौं यौनकर्मी परिचालित थिए । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा देहव्यापारका लागि रेडलाइट एरिया घोषणा गरी देशी-विदेशी ग्राहकलाई आकर्षर्ित गरिए अनि कर उठाइए देशको अर्थतन्त्रमा टेवा पुग्नेछ ।
- कविराज
सीमित ठाउँमा मापदण्ड बनाएर मान्यता दिनु आवश्यक छ । तोकिएको ठाउँभन्दा अरू कुनै ठाउँमा सञ्चालन गरे अनि गराएको पाइए हदैसम्मको कारबाही हुने नियम बनाउनुपर्छ ।
- लालकृष्ण दीप
वेश्यालय खोलेर के हाम्रा चेलीबेटीलाई बेश्या बनाउनु छ र ? के सरकारले राजस्व उठाउने अरू ठाउँ पाएन ? यी हातखुट्टा किन बनाएका हुन् भगवानले ? मेहनत गरेर खाँदा हुँदैन ? के अरूको बिस्तरा तताउनैपर्ने हो र ? यदि म सरकारमा हुन्थें भने कानुनी मान्यता त परै जाओस्, वेश्यावृत्ति गर्ने र गराउनेहरूको पत्तासाफ गरिदिन्थें ।
- ध्रुवराज
बालै भएन नि, मान्यता दिए पनि नदिए पनि ।
- प्रसन्न उत्साही
दिनुहुन्छ तर नेपाली नागरिकका लागि प्रवेश निषेध गर्नुपर्छ ।
- राज पुन
अरू-अरू देशमा रेडलाइट एरिया तोकिएको छ । त्यसरी नै दिनु उचित हुन्छ ।
- अजित