साप्ताहिक संवाददाता
मी.
धेरैले दाम्पत्य जीवनको यौनसम्बन्धलाई राम्रो मानेर यस्तो सम्बन्धलाई रोचक एवं रमाइलो बनाउने गरेका छन् । यद्यपि ओछ्यानको तनाव अर्थात् ट्रबल इन द बेड आधुनिक विश्वका कामकाजी मानिसहरूको प्रमुख समस्या बन्दै गएको छ । झगडा बढ्दै गएपछि सम्बन्ध बिग्रने र अर्को स्थायी वा अस्थायी सम्बन्ध विकास गर्नेतर्फ लाग्नेहरू पनि छन्, तर त्यसले अझ नैराश्यता ल्याउँदा पुरानै अवस्थामा र्फकनेहरू पनि छन् । त्यसैले यौनसम्बन्धलाई स्वस्थ बनाउन आफैंभित्रका कमजोरी पहिचान गर्ने अनि आफंैभित्रका संभावनाहरूको खोजी गर्नेतर्फ लाग्नु श्रेयस्कर हुन्छ ।
यौनजीवनलाई रोचक बनाएर माया सञ्चार गरियो भनेे यौनजीवनको चरम सुख प्राप्त गर्न सकिन्छ । यसलाई धेरैले एउटा रोमाञ्चक मिथ्या पनि भन्छन् । यद्यपि यो कुरा सबैमा लागू नहुन सक्छ । दम्पतीबीचको रोचक सम्बन्ध ओछ्यानमा भेटिने एउटा सुप्राप्य र सुगम सुख हो । हामीले त्यसको खोजी गर्ने र त्यसलाई सुन्दर बनाउनेतर्फ लाग्नुपर्छ । मनोविज्ञान भन्छ, दम्पतीले आपसमा कुराकानी गर्ने, भावना साटासाट गर्ने, एकले अर्कोलाई बुझ्न प्रयास गर्ने, केही काल्पनिक पनि हुँदै जाने अनि अन्तिम अवस्थामा चरम रमाइलोमा डुब्ने हो भने यौनको सन्तुष्टि र त्यसले शरीरलाई दिने लाभको सीमा नै छैन ।
एकक्षण पशुपन्छीको कुरा गरौं । उनीहरू यौनसम्बन्धका बेला कति रमाइलो गर्न सक्छन् ? अझ अर्को कुरा पनि गरौं, पशुको यौनसम्बन्धको मौसम र आपसमा हुने प्रभावकारी सञ्चार । मसँग धेरैले यससँग सम्बन्धित प्रश्न सोध्छन् । एउटा पशुले अर्कोलाई यौनसम्बन्ध आवश्यक भएको कुरा कसरी थाहा पाउन सक्छ ? उनीहरूले मानिसले जसरी इच्छा त व्यक्त गर्न सक्दैनन्, तर उनीहरूको सुँघ्ने क्षमता बढी हुन्छ । त्यसैले सुँघेर उनीहरू त्यस्तो सन्देश आदान-प्रदान गर्छन् । पहिले-पहिले मानिसमा पनि यस्तै किसिमको शक्ति थियो भनिन्छ, तर वातावरण प्रदूषण बढ्दै गएपछि मानिसहरूको उक्त शक्तिमा बिस्तारै ह्रास आयो । मानिसमा पनि एक किसिमको प्राकृतिक सुगन्ध हुन्छ । यौनको आवश्यकता र सन्तुष्टिका लागि उक्त सुगन्ध पि्रय लाग्ने वातावरण बनाउन सक्नुपर्छ ।
सन १९९७ मा प्रकाशित बि्रटिस जर्नलअनुसार उत्साही, सकारात्मक एवं मनोरञ्जक यौनसम्बन्धले मृत्युदर आधाले घट्छ भने मानिसहरूको सुँघ्न सक्ने क्षमता समेत विकसित हुन्छ । यसले हृदयघात आधाले घट्छ, तौल घट्छ, डिप्रेसन घट्छ, पीडाबाट मुक्त हुन सकिन्छ, चिसो तथा रुघाले सताउन छोडछ, प्रोस्टेट बढ्न दिँदैन, दाँत चम्किलो हुन्छ र पिसाबको प्रवाह सजिलोसँग हुन्छ भन्ने पनि अध्ययनहरूले देखाएका छन् ।
त्यसैले यौन स्वस्थताका लागि यौनकै विषयमा कुरा एवं यौन मनोविज्ञानका सीपका बारेमा कुरा गर्नु पनि उत्तिकै आवश्यक हुन्छ । यौन सबैको अनिवार्य आवश्यकता हो र यो आवश्यकतालाई स्वस्थ राख्न तथा किन राख्नुपर्छ भन्ने विषयमा खुलेर चर्चा गर्नुपर्छ । यौनसम्बन्ध र सम्बन्ध राख्दा अपनाइने विधिहरू हरेक जोडीमा फरक हुन सक्छ । हरेक व्यक्तिको यौनइच्छा फरक-फरक हुन्छ । स्वस्थ यौनसम्बन्ध भन्नाले दुवै जनाले यौन क्रियाकलापको अवस्थामा आनन्द महसुस गरेको हुनुपर्छ । कुनै एक जनाले आफूलाई यौन क्रियाकलाप गर्न दबाब दिएको महसुस गर्नु हँुदैन । दुई जनामा एक जनाले आफूलाई इच्छा नहुँदा इच्छा नभएको कुरा व्यक्त गर्ने अधिकार दिनुका साथै त्यस्तो भावनाको सम्मानसमेत गरिनुपर्छ । यौन सम्पर्कपछि एक-अर्काप्रति सम्मान हुनुपर्छ र सम्मान खस्किएको महसुस हुनु हुँदैन । यौनइच्छाका सम्बन्धमा खुलेर एक-अर्कासँग कुराकानी गर्नुपर्छ । त्यसबाहेक हरेक यौनसम्पर्क अघि एक-अर्काको शरीर एवं भावनालाई महसुस गर्नुपर्छ ।