साप्ताहिक संवाददाता
- रोशन अधिकारी
नेताहरूले एक-अर्कामाथि दोष थोपरेर झगडा गर्नुभन्दा सबै पक्ष्ाबाट केही त्याग गरेर संविधान निर्माणमा जुटे निकास फेला पथ्र्यो कि ?
- रबिनबाबु
यातायातको सिन्डिकेट तथा काठमाडौं नारायणगढ सडक खण्डका बारेमा सरकारले तुरुन्त सम्बोधन गर्नुपयो।
- युवराज घिमिरे
न्याय र विकास माग्ने निमुखा जनता मृत्युको मुखमा पुग्न बाध्य छन्। नन्दप्रसाद अधिकारीको मृत्युले त्यो कुरा अझ प्रस्टसँग देखाइसकेको छ।
- प्रविन
जनताले जनआन्दोलनमा उठाउँदै आएको मुद्दा धर्म निरपेक्षता नेताहरूले जबरजस्ती लागू गर्न खोज्दा त्यसबाट आउने परिणामको जिम्मेवार को हुन्छ ?
- बाग्लुङे गौतम
मुख्य कुरा दण्डहीनताको अन्त्य हुनुपर्छ। अधिकारका लागि आवाज उठाउनेहरूले आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्यो।
- निशानी
जलविद्युत् कम्पनीहरूलाई नियामन गर्न अति जरुरी छ।
- अश्वत्थामा
टाउको दुख्दा पनि विदेशी अस्पतालहरूमा भौतारिएर देशको ढुकुटी सक्नुभन्दा त्यो पैसाले बाढीपीडितहरूलाई सहयोग गरेको भए राहत मिल्थ्यो कि ?
- मधु
भ्रष्टाचारी र गुण्डा पाल्ने नेताहरूले आफ्नो बानी सुधार्नुपर्यो। आफू नसुधि्रए पार्टी तथा कार्यकर्ता कोही पनि सुधि्रँदैनन्।
- विकास ब्रो
यो देशमा के हुन लागेको हो ? हामीलाई बाइसे, चौबीसे राज्य होइन, सिंगो नेपाल नै चाहिन्छ।
- लुंगा परदेशी
देशमा शान्ति र संविधान कहिल्यै नआउला जस्तो लाग्यो।
- राजु राना