साप्ताहिक संवाददाता
- परमानन्द जैसी
साप्ताहिकमा मलाई मन पर्ने गायक पशुपति शर्माका बारेमा विस्तृत जानकारी पाएर सार्है खुसी लाग्यो।
- साजन ठकुरी, पाँचखाल, काभ्रे
सामूहिक भाइटीकाका सम्बन्धमा नयाँ कुरा जान्न पाएर हषिर्त छु। साप्ताहिकमा कला एवं संस्कृतिका सम्बन्धमा यस्तै सामग्रीहरू नियमित पढ्न पाउने आशा गरेकी छु।
- राधा सोनी, बुटवल
साप्ताहिकका हरेक अंक नछुटाई पढ्ने गरेको छु। गएको अंक रोमान्चक लाग्यो।
- वसन्त शर्मा
प्रतियोगिताहरू पनि अचम्म-अचम्मका हुन्छन्। (गाईको दूध दुहुने प्रतियोगिता, असोज ३१) गाईको दूध दुहुने प्रतियोगितासम्बन्धी समाचार पढेर आश्र्चयचकित भएँ।
- कुमारी पण्डित
गएको अंक खासै मन परेन। राधिका हमाल तथा पशुपति शर्मासम्बन्धी रिपोर्टबाहेक मनोरन्जक सामग्री नै छैनन्। हलिउड, बलिउड र कलिउडको न्युज पनि पुरानै भयो।
- अभिषेक सापकोटा
आपराधिक घटनाहरूमा बालबालिकाको प्रयोगसम्बन्धी समाचार पढेर नरमाइलो लाग्यो। (आपराधिक घटनाहरूमा बालबालिकाको प्रयोग, असोज ३१) चाहे युद्धमा होस्, चाहे शान्तिकालमा सधैंजसो बालबालिकाहरूलाई निहित स्वार्थका लागि प्रयोग गरिन्छ। जुन एकदमै दुःखदायी कुरा छ।
- रजिना सापकोटा
साप्ताहिकका अन्य सामग्रीहरू राम्रा लाग्छन् तर खेलकुदलाई थोरै पेज मात्र छुट्याइएको हुन्छ । अलि बढी स्थान दिन सकिँदैन ?
- नीराजन तिमिल्सिना
अनलाइनमा राशिफल पढ्न पाइएको छैन, समयमै अपलोड गर्नुपर्यो।
- कमल पाण्डे, गजेन्द्र राई