लोकप्रिय गायिका सकिराले आफ्नो च्यारिटी संगठन बेयरफुट फाउन्डेसनमार्फत करिब ३० हजार बालबालिकालाई शिक्षा तथा पोषक आहार उपलब्ध गराइसकेको एक समाचारमा जनाइएको छ। सकिरा यतिबेला मुख्य रूपले अमेरिका तथा दक्षिण अफ्रिकाका गरिब बालबालिकाहरूको उज्वल भविष्यका लागि काम गरिरहेकी छिन्। सकिराका अनुसार प्रत्येक बालबालिकालाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने समान अवसर प्रदान गरिनुपर्छ। पछिल्लो समय सकिरा सहयोगकै लागि राशि संकलन गरिरहेकी छिन्। उनले सन् १९९७ मा उक्त फाउन्डेसन स्थापना गरेकी थिइन्, जसअन्तर्गत उनले दुई विद्यालयमार्फत बालबालिकाहरूलाई शिक्षित गराइरहेकी छिन्। ती विद्यालयमा करिब दुई हजार बालबालिका अध्ययरत छन्।