करिब एक दशकअघि नै संगीतकर्मी गुरुदेव कामतसँग शास्त्रीय संगीतको प्रशिक्षण लिएका गायक राजु बरालले आफ्नो एल्बमको तयारी पूरा गरेका छन्। गायक बरालले आफ्नो एल्बमको शीर्षक 'काठमाडौं सहर' राखेका छन्। गायक तथा संगीतकार डिजराज पौडेलको शब्द तथा संगीत रहने उक्त एल्बमको शीर्षक गीत 'काठमाडौं शहर' को म्युजिक भिडियो दसैंअघि नै सार्वजनिक गरिएको थियो। प्रचण्ड पौडेल तथा सुलोचना थिङले निर्देशन गरेको उक्त भिडियोमा सुरजनी केसीले अभिनय गरेकी छिन्।