साप्ताहिक संवाददाता
२०७० साल वैशाख १ देखि चैत मसान्तसम्म सार्वजनिक भएका नेपाली चलचित्रलाई समावेश गर्दै यसै वर्षदेखि प्रारम्भ गरिएको एवार्डमा चलचित्र 'होस्टल', 'महसुस', 'मोक्ष', 'नाइँ नभन्नु ल-२' तथा 'मौन' बीच प्रतिस्पर्धा हुने भएको छ। चलचित्र होस्टल तथा मोक्ष १८/१८ विधामा मनोनीत छन् भने महसुस तथा नाइँ नभन्नु ल-२१७/१७ विधा तथा 'मौन' १४ विधामा मनोनीत छन्।
चलचित्र 'होस्टेल' सहअभिनेता, हास्यकलाकार, संगीतकार, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, नृत्य निर्देशन, द्वन्द्व निर्देशक, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, ध्वनि मिश्रण, पाश्र्व संगीत तथा श्रृंगार विधाको मनोनयनमा परेको छ। यो चलचित्रबाट दुईजना नवअभिनेत्री पनि मनोनयनमा परेका छन्।
चलचित्र 'मोक्ष' नवनिर्देशक, सह-अभिनेता, सह-अभिनेत्री, हास्यकलाकार, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, नवअभिनेता, नृत्य निर्देशक, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, पाश्र्व संगीत तथा श्रृंगार विधाको मनोनयनमा परेको छ।
चलचित्र 'महसुस' निर्देशक, अभिनेता, अभिनेत्री, सह-अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक, नृत्य निर्देशक, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, ध्वनि मिश्रण, पाश्र्व संगीत तथा श्रृंगार विधामा मनोनीत छ।
चलचित्र 'नाइँ नभन्नु ल-२' निर्देशक, सहअभिनेता, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, बाल कलाकार, कथा, पटकथा, संवाद, सम्पादन, ध्वनि मिश्रण तथा पाश्र्व संगीत विधा मनोयनमा परेको छ।
यसैगरी नाइँ नभन्नु ल-२ का गीतकार, पाश्र्व गायक तथा बाल कलाकारतर्फ २/२ जना मनोनयन सूचीमा छन्। चलचित्र 'मौन' सर्वोत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, हास्यकलाकार, सह-अभिनेत्री, नवनिर्देशक, बालकलाकार, कथा, पटकथा, छायांकन, सम्पादन, ध्वनि मिश्रण, पाश्र्व संगीत तथा श्रृंगार विधाको मनोनयमा परेको छ।
पुरस्कार प्रदान गरिने २६ विधामध्ये लोकप्रिय १८ विधामा एसएमएसमार्फत मत व्यक्त गर्न सकिने आयोजक संस्थाले जनाएको छ। दर्शकले चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हास्यकलाकार, सह-अभिनेता, सहअभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, बालकलाकार, नृत्य-निर्देशक एवं द्वन्द्व निर्देशक विधामा कात्तिक २५ गतेसम्म सिजी केएफए स्पेश र आफूलाई मन परेको विधाको मनोनयन सूचीमा परेकाको कोड राखी ५००५ मा एसएमएस गर्न सक्नेछन्। दर्शकको मत तथा निणर्ायकहरूको अंक जोडी विजेता चयन गरिनेछ।
त्यसबाहेकका विधामा भने निर्णायकहरूले दिएको अंकका आधारमा विजेता चयन हुने कामनाका प्रधान सम्पादक तथा सिजी कामना फिल्म एवार्ड-२०७१ का निर्देशक पुष्करलाल श्रेष्ठले जानकारी दिए। श्रेष्ठले नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा योगदान गर्दै सिंगो जीवन नै यही क्षेत्रमा बिताएका हस्तीहरूले प्रतिस्र्धामा सामेल सबै चलचित्र अवलोकन गरी स्वतन्त्र रूपले मूल्यांकन गरी मनोनयन सूची तयार पारेको दाबी गरे। विभिन्न संघ संस्था तथा चलचित्र क्षेत्रका हस्तीहरूको सल्लाहबमोजिम हरेक विधाका लागि मापदण्ड निर्धारण गरी त्यसका आधारमा निणर्ायक समूहले मनोनयन सूची तयार पारेको पनि श्रेष्ठले प्रस्ट पारे।
एवार्डलाई प्रतिस्पर्धाका आधारमा मुख्य एवार्ड, प्राविधिक एवार्ड तथा अप्रतिस्पर्धी रूपमा सम्मान, क्रिटिक्स र जुरी एवार्ड गरी ५ भागमा विभाजन गरिएको छ। कुल ३१ विधामा प्रदान गरिने एवार्ड समारोहमा आजीवन यही क्षेत्रमा बिताउने कलासाधकलाई १ लाख रुपैयाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट एवार्ड) बाट सम्मानित गरिने कामनाका सम्पादक तथा एवार्ड आयोजक समितिका सदस्य विदुर गिरीले जानकारी दिएका छन्।