बालकहरूमा अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सञ्चालित लिटिल प्रिन्स नेपालको तेस्रो संस्करणमा ९ देखि १३ वर्ष उमेर समूहका ४० जना विद्यार्थीबाट १४ जना अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका छन्। अडिसनमा छनौट भएका बालकहरूका लागि व्यक्तित्व विकास, क्याटवाक, आत्मविश्वास अभिवृद्धि, फेसियल एक्सप्रेसन, पोजिटिभ एटिटयूट, स्वीमिङ, स्टेज पर्फमेन्स, एक्टिङ, प्राथमिक उपचार, कला तथा संस्कृतिको जानकारीका लागि भ्रमण, माइन्ड सार्पने आदिका कक्षा सञ्चालन गरिएको बताइन्छ।रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भैरहेको लिटिल प्रिन्स नेपालको तेस्रो संस्करणको ट्यालेन्ट शो गत शनिबार कुपन्डोलस्थित सनराइज क्याफेमा सम्पन्न भयो। कार्यक्रममा बालकहरूले आफूमा भएको नृत्य, गायन, वक्तृत्व कला, वाद्यवादन गितार, चित्रकला आदिसम्बन्धी प्रतिभा प्रदर्शन गरेका थिए। यो प्रतियोगिताको फाइनल कात्तिक १२ गते राष्ट्रिय नाचघर जमलमा हुँदैछ।