स्किप जिरो थ्री ब्यान्डको आयोजनामा मोरङको बेलबारीमा गत शनिबार साँझ सांगीतिक कन्सर्ट सम्पन्न भएको छ। 'शुभ दीपावली म्युजिकल कन्सर्ट-२०७१' शीर्षकको उक्त कार्यक्रममा स्थानीय अध्याय ब्यान्ड, डी ब्रोज ब्यान्ड इटहरी, डीएन डी डान्स सेन्टर आदिको प्रस्तुति समेटिएको थियो। स्किप ब्यान्डले 'हुक्का मेरो', 'हिँड्ने मान्छे लड्छ' आदि गीत प्रस्तुत गरेर सांगीतिक वातावरण तताएको थियो।