४०९४
यौनसम्पर्क राम्रोसँग गर्न नसक्नुका कारण के होलान् ?
यौनसम्पर्क राम्रोसँग गर्न नसक्नुका अनेक कारण हुन्छन्। त्यसका केही कुरा तपाईंसँग सम्बन्धित हुन्छन् भने केही तपाईंकी श्रीमती वा यौन जोडीसँग भने केही तपाईंहरूबीचको तालमेलमा।
पुरुषले यौनसम्पर्क राख्न नसक्ने कारणमा यौन उत्तेजना नै नहुनु, अनि चाहना भए पनि लिङ्ग उत्तेजित नहुनु, उत्तेजनालाई निरन्तरता दिन नसक्नु, शीघ्र स्खलन हुनुजस्ता कारण एकातिर हुन्छन् भने अर्कातिर लिङ्गमा भएको संरचनागत खराबी जस्तै अति नै बाङ्गो हुनु वा सूक्ष्म लिङ्ग (micro-penis) अनि कुनै कारणले लिङ्ग तथा यौनाङ्ग क्षेत्रामा पीडा हुनु आदिलाई मान्न सकिन्छ। त्यसैगरी तपाईंको यौन जोडिले यौन सम्पर्क गर्न नमाने तपाईंले यौन सम्पर्क राख्ने कुरै भएन। उनले त्यस्तो गर्नुको कारण शारीरिक, मानसिक वा सामाजिक कारण मध्ये कुनै एक वा त्यसभन्दा बढी हुनसक्छ।
पुरुषमा हुने प्रमुख यौन असक्षमता जस्तो कि लिङ्ग नै उत्तेजित नहुनु वा उत्तेजित लिङ्गलाई पर्याप्त समयसम्म निरन्तरता दिन नसक्ने वा शीघ्र स्खनल हुने जस्ता कुरा तपाईंमा भएको कुरा पत्रमा उल्लेख छैन। तपाईंको सन्देशका आधारमा कुरा गर्दा तपाईंलाई यौनेच्छा नै नभएको पनि बुझिँदैन।
तपाईंकी श्रीमतीले यौन सम्पर्क गर्न नदिएको स्थिति भएको कुरा पनि स्पष्ट रूपमा आएको छैन तपाईंको सन्देशमा। यस अर्थमा तपाईंले यौन सम्पर्क गर्न नसक्न कारण नै स्पष्ट छैन।
श्रीमती उत्तेजनामा नआउने कारण के होला ?
तपाईंले आफ्नी श्रीमती उत्तेजनामा नै नआउने कुरा गर्नु भएको छ। प्राकृतिक रूपमा सबैजसो स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ। भोक, निद्रा, प्यास जस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि। यो प्रकृतिले नै दिएको छ।
यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एकातिर इन्डोक्राइन सिस्टमअन्तर्गतका रागरस अर्थात् हर्मोनहरूले सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रीय प्रणालीका साथमा स्नायुप्रणालीले। यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसोको व्यग्रतामा रागरस अर्थात् हर्मोनको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ।
त्यसैगरी यौनक्रियाका लागि पनि हाम्रा इन्द्रीयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभई नहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो।
हामीलाई थाहै छ यौन सम्पर्कलाई शारीरिक सम्बन्ध भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एउटा जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ। यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट सुरू हुन्छन्।
यौनेच्छा भए पनि अन्य कारण जस्तै- शारीरिक -यौन सम्पर्क राख्दा पीडा हुने, कुनै रोग व्याधि लागेको वा थकान ( वा मानसिक -चिन्ता, तनाव, भय) जस्ता अनेक कारण हुन सक्छन्। अर्कातिर तपाईंसँगको सम्बन्ध नै उहाँले चाहेजस्तो नभएको हो कि होइनले पनि महत्वपूर्ण भूमिका खेल्छ। त्यसका सम्बन्धमा विस्तृत रूपमा तपाईंलाई जानकारी हुनुपर्ने हो।
तालमेल नमिलेको पो हो कि ?
यौन इच्छा प्राकृतिक एवं मानिसको आधारभूत आवश्यकता भएकाले पनि हामी सबैको रुचि यसप्रति हुने भए पनि सबैमा यौन प्रतिको रुचि वा चाख एकनासको हुँदैन। कुनै व्यक्तिमा यौनइच्छा बढी हुन्छ भने कसैमा अलि कम हुन्छ। सामान्य वा ठीक मात्राको यौन व्यवहार कति हो भन्न गाह्रो छ किनभने यो कुरा व्यक्ति-व्यक्तिअनुसार फरक-फरक हुन्छ, तर सामान्यभन्दा बढी वा कम यौनेच्छा हुनसक्छ। केही व्यक्तिमा भने साँच्चिकै कम यौनइच्छा हुनसक्छ, जसलाई हामी जथउयबअतष्खभ कभहगब मिभकष्चभ भएको भन्छौं, यसमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना नै कम हुन्छ वा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम हुन्छ। यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनिहाल्न मिल्दैन। यदि दुवै जना त्यसमा सन्तुष्ट छन् भने त्यसलाई कतिपय यौन विशेषज्ञहरूले यौन इच्छा कम भएको भनेर त्यसबेलासम्म भन्दैनन् जबसम्म ती कुराले उक्त जोडीलाई यसका कारणले समस्यामा पारेको हुँदैन वा व्यवहारमा कुनै खास परिवर्तन देखिएको हुँदैन।
राम्रो सम्बन्धका लागि के गर्न सकिएला ?
श्रीमान्-श्रीमतीको सम्बन्ध पारिवारिक, सामाजिक अनि यौन सम्बन्ध जस्ता अनेक हुन सक्छन्, तपाईंले के कुरालाई संकेत गर्नुभएको हो स्पष्ट छैन। यदि यौन सम्बन्धको कुरा हो भने श्रीमतीसँग यौन उत्तेजना नआएको हो वा अन्य केही कारण छ त्यसका बारेमा कुराकानी गर्नुहोस् र त्यसकै आधारमा अघि बढ्नुहोला। तपाईंहरूबीच तालमेल नमिलेको हो भने त्यसलाई व्यवस्थित गर्न तपाईंलाई गाह्रो नपर्ला। यौन सम्पर्कमा पीडा हुने वा कुनै रोगव्याधी भए त्यसको समाधान गर्नुपर्छ। मानसिक रूपमा कुनै समस्या भए त्यसलाई पनि समाधान गर्न सकिन्छ।
जे होस्, श्रीमतीमा उत्तेजना नआउने कारणको जडसम्म पुगेर त्यसको समाधानका लागि लागिपरेको स्थितिमा सम्बन्धमा पक्कै सुधार आउनेछ।