साप्ताहिक संवाददाता
- चन्द्र मगर
गत हप्ताको साप्ताहिक मलाई राम्रो लाग्यो ।
- नन्दराज राई, सोलुखुम्बु
पूर्ण समर्पित भएर काम गर्दै जानुहोस् । (भाग्यले होइन, कर्मले खुसी हुन्छिन् लक्ष्मी, कात्तिक ७) अवश्य सफल हुनुहुनेछ ।
- रुक्मिणी भट्ट, कोटेश्वर
खोई, के भनौं र ? आफू त जुन काममा हात हाल्छु, त्यसमै असफल हुन्छु ।
- नगेश्वर चौधरी
एकदमै उपयोगी जानकारी लाग्यो । (जानकारी, मिसावट जाँच गर्ने विधि, कात्तिक ७) उपभोक्ताहरू जहिले पनि ठगिँदै आएका छन् ।
- शक्ति मल्ल
हो, सबैले देवकोटाले जस्तो एकै रातमा कहाँ महाकाव्य लेख्न सक्छन् र ? (जीवनशैली, तिहारमा देउसी र भैलो, कात्तिक ७) लेख्न समय त लागिहाल्छ नि ।
- आर्यन घिमिरे
लक्ष्मीनरसिंह मल्ल त अचम्मका राजा पो रहेछन् । (पागल राजा, कात्तिक ७) जे होस् उनका बारेमा केही कुरा जान्ने मौका मिल्यो । आगामी अंकमा इतिहासमा हराउँदै गएका अन्य राजाका बारेमा पनि पढ्न पाइयोस् ।
- माया गुरुङ
राजु बरालजी, तपाईंको उत्तरोत्तर प्रगतिको कामना छ । (राजुको काठमाडौं सहर, कात्तिक ७) काठमाडौं सहर म्युजिक भिडियोले लोकप्रियता पाओस्— शुभकामना ।
- रोशन सेढाईं
नायिका रेखा थापाको छठ अनुभव रोचक लाग्यो । (अनुभव, छठ, कात्तिक ७) उनले धूमधामसाथ छठ मनाउने कुराले खुसी बनायो ।
- अनिश राजवंशी
स्याबास साकिरा । (यस्तो पो समाजसेवा, कात्तिक ७) तपाई साँच्चिकै महान हुनुहुन्छ । समाजसेवामा निरन्तर लागिरहनुहोला ।
- गोपाल थापा
महत्वपूर्ण जानकारीका लागि धन्यवाद । (जानकारी : मिसावट जाँच गर्ने विधि, कात्तिक ७) अन्य अंकमा पनि यस्तै सामग्री पढ्न पाईयोस् ।
- दिनेश मगर