- जब कोही मन पर्न थाल्छ, उसको सुख-दु:ख, पीडा-खुसी सबै आफ्नै जस्तो लाग्न थाल्छ र उसलाई परेका अप्ठ्याराहरू पन्छाउने प्रयत्न गरिन्छ । ऊसंग केही लुकाउन मन लाग्दैन । ऊ संसारकै सर्वोत्कृष्ट लाग्न थाल्छ ।
- प्रेम प्रस्ताव राख्न वातावरण मिलाउन जान्नुपर्छ । घनिष्ठता भएपछि यदि लाग्छ कि उसले पनि आफूलाई मन पराइरहेको छ भने भेटिरहने, कतै घुम्न जाने, रेस्टुराँहरूमा गफ गरी समय बिताउने, उपहारहरू दिने क्रमसँगै अन्त्यमा डिनर टाइममा केही नौलो उपहार दिएर प्रस्ताव गर्नु उपयुक्त हुन्छ ।
- प्रस्ताव गर्दैमा उसले पनि 'ओके' भनिहाल्छ भन्ने छैन । यदि उसले प्रस्ताव स्वीकार गरेन भने सम्बन्ध नै तोड्नु बुद्धिमानी हुँदैन । उसलाई आफ्नो असल मित्रको सूचीमा राख्नुपर्छ ।
- पहिलो डेट आफूले मन पराएको व्यक्तिले चाहेको स्थान र चाहनाबमोजिम हुनुपर्छ । सकेसम्म उसको खुसीको ख्याल राख्नुपर्छ ।
- प्रेमलाई दिगो बनाउने मूलमन्त्र एकअर्काबीच अन्डरस्ट्यान्डिङ, विश्वास र भरोसा नै हो ।