साप्ताहिक संवाददाता
मलाई वास्तविक कथाहरू मन पर्छन् । यो पुस्तकमा गायिका तथा लेखिका आनी छोइङ डोल्माले आफ्नो बालापनदेखि जीवन संघर्षसम्म सबै चित्रण गर्नु भएको छ ।
चलचित्र : धड्कन
बलिउडको यो चलचित्रको कथा तथा गीत-संगीतले मन छोएको छ ।
अभिनेता : अक्षय कुमार
मलाई अक्षय कुमारको हरेक
अदा मनपर्छ ।
अभिनेत्री : माधुरी दीक्षित
माधुरी सुन्दर छिन् साथै बौद्धिक पनि । अझ उनको मुस्कानको त कुरै छाडौं । उनको अभिनय र नृत्यमा जादु छ ।
गीत : फूलको आँखामा
गायिका आनी छोइङको यो गीत मलाई सदावहार लाग्छ । गीतको मेलोडी र शब्द पनि उत्तिकै आकर्षक छ ।
गायक : उदितनारायण झा
उदितको स्वरमा खै के जादु छ, उनका हरेक गीत जति सुन्यो त्यति राम्रो लाग्छ ।
गायिका सुनिधि चौहान
सुनिधिले गाएका सबै गीत मनपर्छन् । उनका आइटम गीत पनि उत्तिकै कर्णप्रिय छन् ।
गीतकार : वसन्त चौधरी
व्यवसायमा स्थापित भैसकेको मान्छे गीत लेखनमा पनि अग्रपंक्तिमा छन् । उनका हरेक शब्दमा माया-प्रेम समेटिएको पाइन्छ ।
संगीतकार : सुगम पोखरेल
उनी कुशल गायक त हुन् नै, साथै उत्तिकै कुशल संगीतकार पनि हुन् । सुगम हरेक शब्दको गहिराइमा पुगेर संगीत सिर्जना गर्न सिपालु छन् ।
मौसम : जाडो
गर्मीभन्दा जाडो नै मनपर्छ । जाडोमा कुनै पनि काम गर्दा थकान महसुस हुँदैन र चिसोले बेग्लै स्फूर्ति दिन्छ ।
रंग : नीलो
नीलो आकाशझैं नीलो रंगका हरेक चिज मलाई एकदम मनपर्छन् । हाम्रो नेपालको झन्डामा पनि नीलो छ, सायद त्यसैले पनि होला ।
पहिरन : वनपिस
वनपिस पहिरनमा स्मार्ट महसुस गर्छु, साथै गाउन लगाउन सजिलो पनि हुन्छ ।
स्थान: जोमसोम
जोमसोम पुग्दा स्वर्गीय आनन्द प्राप्त गर्छु । पोखराचाहिं मेरो जन्मस्थल भएकाले मेरा लागि प्रिय छ ।
मन्दिर : कपन गुम्बा
कपन गुम्बा पुग्दा एक प्रकारको शान्ति अनुभव गर्न सकिन्छ । काठमाडौंको कोलाहलबाट मुक्त हुन पनि म फुर्सदमा कपन गुम्बा पुग्न रुचाउँछु ।