बटुवा : ए भाइ किन यसरी रोएको ?
फुच्चे : (आँसु झार्दै) दाइ, मेरो ५ रुपैयाँ हरायो ।
बटुवा : त्यसको सट्टा लेऊ यो १० रुपैयाँ राख ।
फुच्चे : (झन कस्सिएर रुदै) हुँ...हुँ ।
बटुवा : (छक्क पर्दै) ल तिमी त झन कस्सिएर रुन थाल्यौ नि किन ?
फुच्चे : म किन रोएको हो भने नि दाइ, मेरो ५ रुपैया पनि नहराएको थियो भने योसमेत गरेर १५ रुपैयाँ हुने थियो ।
०००
नरे मन्दिरमा भगवान्को प्रार्थना गर्दै थियो
नरे : हे भगवान्, तपाईंकै पूजा, तपाईकै अर्चना, तपाईंकै माया, तपाईंकै ममता, तपाइर्ंकै आरती, तपाईंकै करुणा, तपाईकै श्रद्धा, तपाईकै आराधना, तपाईकै कृपा, तपाईकै गीता.....
अनि मेरा लागि चाहिँ एक जना पनि छैनन्, यो त साह्रै अन्याय भयो भगवान् ।
०००
एउटा प्रेमीले आफ्नी प्रेमिकाका लागि तपस्या गरेको देखेर भगवान् असाध्यै प्रसन्न हुनुभएछ, अनि प्रेमिकालाई वर माग म तिमीलाई वरदान दिन चाहन्छु भन्नुभएछ ।
प्रेमी : प्रभु, मेरी प्रेमिका सदा स्वस्थ्य र खुसी रहुन् ।
भगवान : केवल सात दिनका लागि मात्र माग ।
प्रेमी : हस प्रभु, आइतबार, सोमबार, मंगलबार, बुधबार, बिहीबार, शुक्रबार र शनिबार ।
भगवान् : अहँ भएन यो त, म दिन सक्दिनँ, अब ३ दिनका लागि मात्र माग अवश्य दिउँला ।
प्रेमी : हिजो, आज र भोलि ।
भगवान : यो पनि दिन मिल्दैन, अब २ दिनका लागि माग्न सक्छौ ?
प्रेमी : अँध्यारो दिन र उज्यालो दिन ।
भगवान् : अरे तिमी त निक्कै बाठा रहेछौ, एक दिन मात्र माग अवश्य पूरा गरिदिन्छु ।
प्रेमी : त्यसो हो भने प्रत्येक दिन ।
०००
एक दिन शेरे र नरे कोठामा बसेर सिडी लगाएर चलचित्र हेर्दै थिए, अचानक सिडी स्क्रयाच भयो । नरेले चक्का निकालेर तेल लगायो र पुछ्न थाल्यो । शेरेले सोध्यो : तैंले यो के गर्न लागेको ? नरेले जवाफ दियो : देखिनस्, स्क्र्याच भएर तेल लगाको नि, शेरे : तलाई थाहा छैन ? सिडी भित्र त हिरो हिरोइनहरू हुन्छन्, यसरी तेल लगायो भने त तिनीहरू चिप्लेर लडिहाल्छन् नि ।
०००
नेपाली चलचित्रका स्टारहरू एकआपसमा
विराज भट्ट : मैले सर्टको बटन खोलेर आफ्नो छाती देखाएँ भने १ मिनेटमा १ हजार लाइक आउँछ ।
निखिल उप्रेती : मैले सर्टको बटन खोलेर आफ्नो छाती देखाएँ भने १ मिनेटमा २ हजार लाइक आउँछ ।
राजेश हमाल : के कुरा गर्छौं यार तिमीहरू पनि, मैले सर्टको बटन खोलेर आफ्नो चेस्ट देखाएँ भने १ मिनेटमा ३ हजार लाइक आउँछ ।
रेखा थापा : अब मैले केही बोल्नुपर्छ र ?
०००
एउटा युवकले बैंकबाट ऋण लिएर कार किनेछ । ऋण तिर्न नसकेपछि बैंकवाला आएर उसको कार लिएर गएछ, उदास केटो : साला, पहिले नै थाहा भएको भए त बिहे पनि ऋण लिएर नै गर्थें नि !
०००
वास्तविकता
साइकल चढ्ने मोटरसाइकल देखेर दु:खी हुन्छ ।
मोटरसाइकल चढ्ने कार चढ्ने देखेर दु:खी हुन्छ ।
कार चढ्ने अरू कसैको कार देखेर दु:खी हुन्छ ।
छाप्रोमा बस्ने महल देखेर दु:खी हुन्छ ।
महलमा बस्ने रातभर निन्द्रा नलागेर दु:खी हुन्छ ।
यो संसार भ्रमको जालो हो, त्यसैले यहाँ धेरै मान्छे दुखी छन् र यो संसारमा सुखी त्यही हो, जसले दु:खलाई आत्मसात् गर्छ, दु:ख त तिम्रो साथी हो ।
दु:ख लाई अँगालोमा बाँध
अनि हेर जिन्दगी कति रमाइलो छ ।
०००
एउटी सेक्सी सेक्रेटरी आफ्नो हाकिमको कोठाबाट रिसाउँदै बाहिर निस्किन्छे ।
अनि उसका साथीहरूले सोध्छन् : के भयो तिमीलाई ? अघि भित्र जाँदा त धेरै खुसी हँुदै जाँदै थियौ त ??
उनले भनिन्- हाकिमले आज राति फ्री छौ भन्यो ? अनि मैले पनि खुसी हुँदै या स्योर फ्री छु भनें ।
साथीहरू : अनि ???
सेक्रेटरी : अनि के हुनु नि मोरोले ४५ पेज टाइप गर्न दियो नि ।
०००
बिर्खे : तैंले त्यो केटीका लागि मासु खान छोडिस् हैन ?
शेरे : हो यार छोडें ।
बिर्खे : रक्सी पनि पिउन छोडिस् ?
शेरे : अँ छोडिदिएँ ।
बिर्खे : अनि चुरोट र सुर्ती नि ?
शेरे : त्यो पनि छाडें यार ।
बिर्खे : अनि त्यो केटीसँग किन विवाह नगरेको त ?
शेरे : होइन यार, अब यति धेरै सुधि्रसकेपछि त त्योभन्दा राम्री फेला परिहाल्छे नि ।
(बिर्खे बेहोस)
०००
भाले र कुखुरीको लभ
भाले : हेर, म तिमीलाई मन पराउँछु ।
कुखुरी : कति माया गर्छौं भन त ?
भाले : हेर डार्लिङ म तिम्रा लागि जे पनि गर्न तयार छु, तिमी भनेर त हेर ?
कुखुरी : त्यसो भए आज मेरो साटो अन्डा पारिदेऊ न, आज मेरो अलि मुड छैन क्या !
०००
शेरे एक न एक बहाना गरेर कहिल्यै होमवर्क गर्दैनथ्यो । शारीरिक रूपमा सजाय दिँदादिँदै मिस पनि वाक्क भैसकेकी थिइन् । आज पनि उसले होमवर्क गरेको थिएन ।
मिस : किन होमवर्क नगरेको शेरे ?
शेरे : (वहाना बनाउदै) मिस, आज मेरो कलममा मसी सकिएको थियो, त्यही भएर नगरेको ।
मिस : छातीमाथि हात राखेर नढाँटीकन भन् त शेरे, कलममा मसी नभएरै हो त होमवर्क नगरेको ?
त्यसपछि शेरे हल्का लजायो, अनि थोरै शिर झुकाउँदै भन्यो, मिस, मैले आजसम्म तपाईंलाई त्यस्तो नजरले हेरेको छैन, छातीमाथि हात राख्न त मलाई कस्तो कस्तो लाग्छ, बरु त्यत्तिकै भन्छु नि हुँदैन ?
०००