साप्ताहिक संवाददाता
७४३९
लिंगको उमेरअनुसार विकास
पुरुषको यौनाङ्ग विकासलाई निम्न चरणमा विभाजन गरिएको छ :
Tanner Stage 1
अण्डकोषको लम्बाइ २ दशमलव ५ सेन्टिमिटरभन्दा कम, यौनकेश आउन बाँकी तथा लिङ्गको वृद्धि नभएको ।
Tanner Stage 2
अण्डकोषको लम्बाइ २ दशमलव ५ देखी ३ दशमलव २ सेन्टिमिटर, लिङ्गको फेदमा हल्का रूपमा यौनकेश (मोटो, गाढा रङ्गको केश) आउने, लिङ्ग वृद्धि सुरु हुने ।
Tanner Stage 3
अण्डकोषको लम्बाइ वृद्धि भएर ३ दशमलव ६ सेन्टिमिटरको हुने, अनि जधनास्थी क्षेत्रमा पनि यौनकेश (मोटो, गाढा रङ्गको केश) फैलने, लिङ्गको लम्बाइ तथा मोटाइ बढ्ने । कतिपयमा स्तनमा पनि केही वृद्धि देखिन सक्छ ।
Tanner Stage 4
अण्डकोषको लम्बाइ वृद्धि भएर ४ दशमलव १ देखि ४ दशमलव ५ सेन्टिमिटर हुने, जघनास्थी क्षेत्रमा हुने यौनकेश (मोटो, गाढा रङ्गको केश) वयस्क पुरुषको जस्तै हुने । लिङ्गको लम्बाइ तथा मोटाइ निरन्तर रूपमा बढ्ने ।
Tanner Stage 5
अण्डकोषको लम्बाइ वृद्धि भएर ४ दशमलव ५ सेन्टिमिटरभन्दा बढीको हुने, जघनास्थी क्षेत्रमा हुने यौनकेश (मोटो, गाढा रङ्गको केश) वयस्क पुरुषको जस्तै हुने र तीघ्राको भित्र तिर फैलने । लिङ्गको लम्बाइ तथा मोटाइ वयस्क नापमा पुग्ने । यदि स्तन वृद्धि भए हराएर जाने ।
नेपालमा अध्ययन हुन बाँकी भए पनि सामान्य: उमेरअनुसार लिङ्गको लम्बाइ टेबलमा दिएअनुसार हुन्छ भन्न सकिन्छ ।
लिङ्ग उमेरअनुरूपको छैन भन्नुको अर्थ के हो ?
हाम्रो शरीरका अन्य अवयवहरू व्यक्ति-व्यक्तिअनुसार फरफ नाप र आकारका भएजस्तै यौनाङ्ग पनि फरक नाप र आकारका हुन्छन् । व्यक्तिअनुसार कसैको लिङ्ग लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको केही मोटो हुनसक्छ भने कसैको केही पातलो । कतिपय व्यक्ति लिङ्गको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर अनावश्यक पीरगर्छन् र यस्तो स्थितिलाई Small Penis Syndrome पनि भनिन्छ । केही मानिसको लिङ्ग साँच्चिकै सानो हुनसक्छ र त्यस्तो स्थितीलाई micropenis वा micro-phallus भनिन्छ ।
लिङ्गको विकास
लिङ्गको विकास हार्मोनको प्रभावमा हुने भएकाले अन्य शारीरीक विकास तथा वृद्धिभन्दा फरक हुन्छ र वयस्क भएपछि खासै परिवर्तन गर्न सकिँदैन, तर पनि यहाँ केही विधिका बारेमा चर्चा गर्दैछु ।
१. कसरत तथा हातैले तन्काउने विधि, २. तौल वा यन्त्रको सहायताले तन्काउने विधि लिङ्गको नाप विशेष गरेर लम्बाई बढाउन भनेर प्रयोग गरिन्छ । ३. पम्प प्रयोग गर्ने विधिले लिङ्गको उत्तेजना कडा र बढी हुने कुरा गरेको छ । यस्ता विधीका दीर्घकालीन प्रभावका बारेमा प्रश्न त छँदैछ, ठीकसँग प्रयोग गर्न नजानिए लिङ्गमा चोट पुग्ने सम्भावना पनि हुन्छ । ४. शल्यक्रिया गरेर लम्बाइ वा मोटाइ बढाउने वा नचबात गर्ने वा अन्य वस्तु राख्ने (प्रत्यारोपण) गर्ने जस्ता अनेक उपाय पनि प्रयोगमा छन् । यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकबाट गराउनु आवश्यक हुन्छ । यसका बाबजुद कतिपय स्थितीमा शल्यक्रिया गराउने व्यक्तिको आशाअनुरूप नतिजा नआएको कुरा पनि छ, जसले असन्तोषलाई नै थप्छ ।
लि·को विकास किन गर्नुपरेको ?
तपाइर्ंले किन लिङ्गको थप विकास गर्न चाहनुभएको हो थाहा भएन । धेरैजसोको मनमा आफ्नो यौनसाथीलाई पर्याप्त यौन सुख दिन नसकिएला कि भन्ने डर रहन्छ । विशेष गरेर लिङ्गको नापलाई लिएर पौरुषत्व खतरामा पर्ने चिन्ताले बढी सताएको हुन्छ । अब यौन सुख प्राप्त हुने विधिका बारेमा कुरा गरौं । कुनै पनि व्यक्तिले यौन चरमसुख प्राप्त हुने कुराले उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरङ्ग सम्बन्ध राख्छ । यौनसुख प्राप्त गर्न उक्त व्यक्ति मानसिक रूपमै तयार हुनु आवश्यक छ र उत्तेजनाका सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने-नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैन, सहयोग गर्न मात्र सकिने हो ।
अर्को कुरा तपाईंलाई पक्कै पनि महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुर हो भन्ने थाहै होला । प्राय:जसो महिलाले यही अङ्गको घर्षणबाटै यौन सन्तुष्टि प्राप्त गर्छन् । महिला तल र पुरुष माथि भएर गरिने यौनसम्पर्कमा लिङ्गले भगांकुरलाई घर्षण गर्दैन । लिङ्गको लम्बाइ वा मोटाइ बढाए पनि त्यसले भगांकुरको घर्षणमा खासै फाइदा पुग्ने होइन, बरु त्यसका लागि लिङ्गभन्दा औंला नै बढी सहयोगी सावित हुन सक्छ भने अर्कातिर आसन परिवर्तन । महत्त्वपूर्ण कुरा के हो भने महिलाको योनिको बाहिरी भाग यौन संवेदनशील हुन्छ, न कि भित्री भाग ।