साप्ताहिक संवाददाता
- ना.
यहाँ धेरै खाएपछि चिनी पनि तीतो हुन्छ भन्ने नेपाली उखान सान्दर्भिक होला । यौनसम्पर्कबाट पटक-पटक आनन्द लिन नसकिने होइन, सकिन्छ । यो सम्भव भएकै कुरा भयो । वातावरण, परिवेश, यौनइच्छा, यौनशक्ति आदि कुरामा निर्भर हुने विषय हुन् यी । जहाँसम्म एउटै यौनसम्पर्कको अवस्था बढाएर पटक-पटक यौनको चरम आनन्द प्राप्त गरिरहने कुरा छ, पुरुषमा त यो असम्भव नै छ । पुरुषले एकै पटकको यौनसम्पर्कमा धेरै पटक चरमोत्कर्ष प्राप्त गर्न सक्दैनन् ।
प्रथमत: यौनको एउटा चरमोत्कर्ष र स्खलनपछि शक्तिमा ह्रास आउँछ । अर्को कुरा मनस्थिति वा मुडमा परिवर्तन आउँछ । तेस्रो कुरा, यसका लागि यौनाङ्गको उत्तेजना तत्काल प्राप्त भैहाल्न कठिन हुन्छ । लिङ्गले पूर्ण आकार लिएर तन्किएको र बढी मात्रामा घर्षण पैदा भैसकेकाले बढी मात्रामा संवेदनशील भैसकेको हुन्छ । यस्तोमा मुड बनाउन थाले पनि तत्काल यौन अंगले साथ दिंदैन, अर्थात् मूल यौनाङ्गमा पीडा हुने भएकाले पुरुषमा एउटै यौनसम्पर्कबाट पटक-पटक चरमोत्कर्ष प्राप्त हुन नसकेको हो ।
हार्मोनमा आउने परिवर्तन एवं जैविक कारणहरूले एउटा चरमोत्कर्षपछि तत्काल अर्को चरमोत्कर्ष प्राप्त हुन कठिन हुन्छ । यौनसम्पर्कको एउटा उत्कर्षपछि अर्को उत्कर्ष प्राप्त गर्न आवश्यक पर्ने सर्त भनेको पुन: उत्तेजना प्राप्त गर्ने वा पुनर्ताजगी प्राप्त गर्ने हो । यस्तो अवस्थालाई रिकभरी अवधि वा रिफ्र्याक्टरी अवधि भनिन्छ ।
अध्ययनहरूले देखाएअनुसार १५ वर्षीय पुरुषमा त्यस्तोे अवस्था आउन १५ मिनेट लाग्ने गरेको छ भने ७० वर्षीय बृद्धमा २० घण्टा लाग्छ । रटजर विश्वविद्यालयले गरेको अर्को अध्ययनअनुसार औसत पुरुषलाई उक्त अवस्था प्राप्त गर्न कम्तीमा ३६ मिनेट लाग्ने गरेको छ । अपवादका रूपमा एक जना युवामा १० सेकेन्डमै त्यस्तो अवस्था प्राप्त भएको दुर्लभ उदाहरण पनि रेकर्ड गरिएको छ, तर महिलाहरूले भने एकैपटकको यौनसम्पर्कमा पनि धेरै पटक चरमोत्कर्ष प्राप्त गर्न सक्छन् । यो तथ्यलाई करिब आधा शताब्दी अघि रेकर्ड गरिएको थियो । यौनसाथीसँग अत्यन्तै रमाइलो महसुस गर्ने वा यौनसाथीसँग अनुकूलता भेट्टाउने धेरैजसो महिलाले भने एउटै यौनसम्पर्कमा ३ देखि ४ पटकसम्म पनि चरमोत्कर्ष प्राप्त गर्न सकेको अध्ययनहरूले पुष्टि गरेका छन ।
एउटा कलेजका ८ सयभन्दा बढी स्नातकमा गरिएको अध्ययनअनुसार ४३ प्रतिशतले एउटै यौनसम्पर्कको अवस्थामा बढी पटक चरमोत्कर्ष प्राप्त गरेको प्रतिक्रिया दिएका छन्, तर धेरै महिलाले यस्तो अवस्था प्राप्तिका लागि प्रयास पनि गर्दैनन् । धेरैजसो महिलालाई खासमा रिकभरी वा रिफ्र्याक्टरी अवधि आवश्यक हुँदैन । त्यसैले उनीहरूले एउटै यौनसम्पर्कमा पटक-पटक चरमोत्कर्ष प्राप्त गरिरहन सक्छन् ।