साप्ताहिक संवाददाता
पोखरामा चकलेट
सडक बालबालिकाको जीवनसंघर्षमा तयार पारिएको चलचित्र 'चकलेट' को छायांकन सम्पन्न भएको छ । पोखरामा चलचित्रको 'हदभन्दा बढी माया गर्छु' गीतको छायांकनसँगै इन्डक्ल्याप गरिएको हो । म्युजिक भिडियोका कुशल निर्देशक प्रशन्न पौडेलले अभिनेत्री पूजना स्त्री तथा अभिनेता आयुष्मान घिमिरेलाई रोमान्टिक अभिनय गर्न लगाउँदै गीतको छायांकन पूरा गरेका हुन् । मिलन अमात्य तथा विश्व नेपालीको पाश्र्व गायनको उक्त गीतमा पूजना र आयुष्मानको केमेस्ट्री आकर्षक देखिएको चलचित्रका निर्देशक निर्मल शर्माको तर्क छ । पूजना स्त्रीको प्रस्तुतिमा खुसी गुरुङले निर्माण गरेको यो चलचित्रमा पूजना र आयुष्मानसँगै अनुज शाक्य, नम्रता झा, केशव भट्टराई, सुमन गैरेसहित आधा दर्जनभन्दा बढी बालबालिकाले अभिनय गरेका छन् ।
जिन्दगी रक्सको ट्रेलर
पुस १८ गते सार्वजनिक हुने निकेश खड्काको डेब्यु निर्देशनको चलचित्र 'जिन्दगी रक्स' को टे्रलर सार्वजनिक भएको छ । प्रदर्शन मिति तथा प्रचार सामग्री सार्वजनिक गर्न आयोजित समारोहमा निर्देशक खड्काले मेहनत गरेर तयार पारिएको यो चलचित्रले दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गर्ने दाबी गरे । चलचित्र जिन्दगी रक्समा अकेशा विष्ट, सौरमराज तुलाधर, ऋचा शर्मा, सोनम पाखि्रन, प्रकृति श्रेष्ठ, राजेन्द्र खड्गी आदि कलाकारले अभिनय गरेका छन् । ट्रेलर सार्वजनिक समारोहमा चलचित्रको 'लखर लखर...' गीत प्रिमियर गरिएको थियो ।
आजदेखि एउटा साथी
अघिल्लो शुक्रबार नै प्रदर्शनमा आउने भनिएको चलचित्र 'एउटा साथी' आज शुक्रबारदेखि मात्र प्रदर्शन हुने भएको छ । सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशनको यो चलचित्रमा सलोन बस्नेत, अनु शाह, रिस्ता बस्नेत, करिश्मा श्रेष्ठ, जोन तमाङ आदि कलाकारले अभिनय गरेका छन् ।
अर्को साता मिस्टेक
निर्देशक ऋषिराज आचार्यको डेब्यु चलचित्र 'मिस्टेक' ले हेमराज गिरीको 'जेरी' सँग जुध्ने निर्णय गरेको छ । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने यो चलचित्रको निमर्ाण विष्णु राईले गरेका हुन् । चलचित्रमा निर्मल सेन्चुरी, हषिर्का श्रेष्ठ, सुशान्त कार्की, सूरवीर पण्डित, रमा थपलिया आदि कलाकारले अभिनय गरेका छन् ।