असल बाइटस्
पात्रमा डुब्ने : अभिनय गर्ने क्षमता त उसको रगतमै छ । त्यसबाहेक आफूलाई दिइएको चरित्रको हाउभाउ तथा बोलीचाली दुरुस्तै उतार्न सक्ने क्षमतावान् कलाकार मान्छु म उसलाई ।
कुशल डान्सर : नाच्न यति सिपालु छ कि नृत्य निर्देशकले सिकाएको हरेक स्टेप सहजै गरिदिन्छ ।
संस्कारी : उसमा ठूलालाई सम्मान गर्ने, समकालीनलाई मित्र मान्ने तथा सानालाई माया गर्ने संस्कार छ ।
फ्रेन्ड्ली : जोसँग पनि छिट्टै घुलमिल हुनसक्ने उसको मित्रवत् स्वभाव मलाई मनपर्छ ।
परिस्थिति बुझ्ने : जस्तो परिस्थिति छ, त्यसैअनुरूप आफूलाई ढाल्न सक्ने विशेष खुबी छ उसमा ।
खराब बाइटस्
मिडिया फ्रेन्ड्ली छैन : मिडियासँग नजिक हुन न मैले जानेकी छु न त उसले नै ।
छिटै प्रभावित हुने : अरूका कुरामा चाँडै प्रभावित हुने उसको बानी मन पर्दैन ।
क्विक डिसिजन : क्विक डिसिजन गर्दा कहिलेकाहीं आफैंलाई घाटा हुन सक्छ भन्ने उसले बुझ्नु आवश्यक छ ।
सीमित साथी सर्कल : नयाँलाई साथी बनायो भने पुरानासँग टाढा हुन्छ ।
फेसबुक नाम : फेसबुकमा उसले आफ्नो नामको अक्षर टुक्र्याएको छ । त्यसो गर्दा उसलाई खोज्ने साथीहरूले फेला पार्न गाह्रो हुन्छ ।