एउटा नेपालीले लाहुरेका रूपमा जिउने वास्तविक जीवन झल्काइएको यो चलचित्रमा नेपालीपन फेला पार्न सकिन्छ । गीत-संगीतका कारण पनि मलाई यो चलचित्र मन परेको हो ।
नायक : आर्यन सिग्देल
नेपाली चलचित्रका सबैभन्दा स्टाइलिस र पर्फेक्ट नायक नै आर्यन सिग्देल हुन् । उनको अभिनयमा जीवन्तता पनि छ ।
नायिका : प्रियंका कार्की
नायिका प्रियंका कार्की सुन्दरताका दृष्टिले अब्बल त छँदैछिन्, अभिनयमा पनि कम छैनन् ।
गीत : सुन्छु तिमीले मलाई भुल्नै आटेकी छौ रे...
मलाई नायकका रूपमा चिनाउने चलचित्र 'बिन्दास-२' यो गीतमा गायक शिव परियारको गायन पनि उत्कृष्ट छ ।
गायक : शिव परियार
गायक शिव परियारको गायकी पृथक् छ । स्वरमा मिठास त छँदैछ, उनी हाइ रेञ्जका गीत पनि सहजै गाउन सक्छन् ।
गायिका : दुर्गा खरेल
पाश्र्व गायन होस् अथवा आधुनिक गीत, गायिका दुर्गा खरेल हरेक विधाका गीतमा आकर्षक सुनिन्छिन् ।
संगीतकार : अर्जुन पोखरेल
मेलोडियस गीत बनाउन सिपालु यी संगीतकार मेरा लागि भाग्यशाली छन् । मैले अभिनय गरेका अधिकांश चलचित्रमा अर्जुन पोखरेलकै संगीत छ ।
पुस्तक : समर लभ
मलाई प्रेमकथामा आधारित पुस्तक मन पर्छन् । यो पुस्तकमा युवा लेखक सुविन भट्टराईले प्रेमलाई रोमाञ्चक शैलीमा प्रस्तुत गरेका छन् ।
स्थान : इलाम
नेपालका थुप्रै सुन्दर स्थानहरूमध्ये मलाई ईलामको प्राकृतिक सुन्दरता अत्यन्त मनपर्छ । चियाबारीका कारण मात्र होइन, इलामको हावापानी एवं भौगोलिक बनावट पनि उत्तिकै रमणीय छ ।
पहिरन : क्याजुअल
हरेक अवसरका लागि उपयुक्त क्याजुअल पहिरनमा म हेन्डसम देखिन्छु भन्ने प्रतिक्रिया पाएको छु ।
मन्दिर : पशुपतिनाथ
विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर पुग्दा मन आफैं रमाउँछ ।
खेल : जिम्न्यास्टिक
म आफैं पनि कुनैबेला जिम्न्यास्टिकको राष्ट्रिय खेलाडी भएकाले मलाई यो खेल मनपर्छ । हरेक खेलका लागि जिम्न्यास्टिकको सामान्य जानकारी आवश्यक मानिन्छ ।
मौसम : झरी
पानी परेको मौसम रोमान्टिक हुन्छ । फुर्सदका बेला पानी पर्यो भने म त्यसमा भिज्न मन पराउँछु ।
सवारी : मोटरसाइकल
काठमाडौंको ट्राफिक जाममा मोटरसाइकलभन्दा राम्रो सवारी साधन अरू के हुन सक्ला र ?