चीनको दक्षिणी सहर ग्वान्जाउमा हालै नेपाली विद्यार्थीहरूले सांस्कृतिक तथा कला प्रदर्शनी गरेका छन् । सन्यात्सेन विश्वविद्यालयमा आयोजित इन्टरनेसनल कल्चरल विकेन्डमा उनीहरूले नेपाल झल्कने पोस्टरहरूका साथै नेपाली पहिरन, खुकुरी, आँखीझ्याल, थान्काकला, स्वयम्भूको प्रतिमूर्ति आदि प्रदर्शन गरेका थिए । प्रदर्शनीमा नेपाली लोकगीत तथा लोकनाच प्रदर्शन गरिनुका साथै नेपाली परिकारहरूको स्टल पनि राखिएको थियो ।