साप्ताहिक संवाददाता
कार्तिक २१, २०७१
काय र जार
अहिले फेरि काठमाडौंका रंगकर्मीहरू जुर्मुराएका छन् । अनामनगरस्थित मण्डला नाटकघरमा रंगकर्मी सुनिल पोखरेलको निर्देशनमा इन्द्रबहादुर राईको कथा जारमा आधारित नाटक 'जार' मञ्चन भैरहेको छ । पत्नीको प्रेमीलाई जार भनिने तथा राणाकालमा जारलाई काट्न पाइने निसाफमा आधारित उक्त नाटकमा रंगकर्मी पोखरेलबाट प्रशिक्षित पछिल्लो पुस्ताका कलाकारहरूले अभिनय गरेका छन् । यसैगरी कालिकास्थानस्थित सर्वनाम थिएटरमा दिपेश पौडेलको लेखन तथा निर्देशनमा नाटक 'काय' मञ्चन भैरहेको छ । नाटकमा अर्जुन न्यौपाने, कौशल पण्डित, राज खनाल, श्याम खड्का, शिशिर शिवाकोटी, साधना भण्डारी, सुगन्ध सुवेदी आदिले अभिनय गरेका छन् ।