सीमाको सिंगल ट्रयाक

सीमाको सिंगल ट्रयाक

कार्तिक २१, २०७१

गायिका सीमा संग्रौलाले नयाँ गीतको सिंगल ट्रयाक सार्वजनिक गरेकी छिन् । पाँच वर्षअघि 'नोट' शीर्षकको एल्बम सार्वजनिक गरेर चर्चामा आएकी सीमा पछिल्ला दुई वर्ष अस्वस्थताका कारण सांगीतिक क्षेत्रबाट टाढिएकी थिइन् । स्वास्थमा सुधार आएपछि अहिले उनले 'यो बैंश भित्र के छ' गीतको ट्रयाक सार्वजनिक गरेकी हुन् । यो गीतमा आनन्द अधिकारीको शब्द तथा शिखर सन्तोषको संगीत सुन्न सकिन्छ । विगतमा 'के नै रुनु छ' गीतबाट पाएको सफलतालाई नयाँ गीतले दोहोर्‍याउने कुरामा गायिका संग्रौला ढुक्क छिन् ।

खोटाङमा तीन एल्बम

खोटाङका तीन जना संगीतकर्मीका तीन भिन्न कृति खोटाङमै आयोजित एक समारोहबीच सार्वजनिक भएको छ । सांगीतिक कार्यक्रमसहितको समारोहमा भीमसेना राईको एकल संगीतको 'बेस क्याम्प', सागर राईको स्वरको म्युजिक भिडियो 'सम्झौता' तथा नमन अणुको गजल संग्रह 'नमन' सार्वजनिक गरिएको हो । समारोहमा विभिन्न गायक-गायिकाले विमोचित एल्बमका गीत प्रस्तुत गरेका थिए ।

विचार द थट

गायक वीरेन्द्र श्रेष्ठले गाएका गीतहरूको एल्बम 'विचार द थट' लाई संगीतकर्मी प्रेमध्वज प्रधान, राजु सिंह तथा म्युजिक भिडियो निर्देशक समन अधिकारीले संयुक्त रूपमा विमोचन गरेका छन् । एल्बमका दुईवटा गीतमा गायक श्रेष्ठलाई गायिकाद्वय मिलन अमात्य र रजिना रिमालले पनि साथ दिएका छन् । एल्बमका गीतलाई अर्जुन पोखरेल, वसन्त सापकोटा तथा गौरव दर्पणले संगीतबद्ध गरेका छन् । समारोहमा 'आफू रोए पनि' गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो जसको निर्देशन समन अधिकारीले गरेका हुन् । उक्त गीतमा शिल्पा पोखरेल तथा पल शाहले अभिनय गरेका छन् ।

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्