साप्ताहिक संवाददाता
कार्तिक २१, २०७१
काठमाडौं
प्रतियोगितामा डिएभी स्कूलकी मेघिका काप्रीले जुनियरतर्फको फस्र्ट रनर्सअपको उपाधि जितिन् भने सिनियरतर्फ मोर्डन इङलिस स्कुलकी श्रुति पौडेलले उपाधि प्राप्त गरिन् । सेकेन्ड रनर्सअपको उपाधि जुनियरतर्फ मिल्सबेरी स्कुलकी सदीक्षा भण्डारीले जितिन् । सिनियरतर्फ रुपिज इन्टरनेसनलका शिवम मुन्दाले उपाभि प्राप्त गरे । ट्यालेन्टतर्फको उपाधि सिजनुर श्रेष्ठ र आदित्य अग्रवालले जिते । मस्ट चार्मिङको उपाधि सुदीक्षा भण्डारी र पुजन आचार्यले हात पारे । बेस्ट क्याटवाकतर्फ सम्पदा बोहरा तथा श्रीया शर्मा उत्कृष्ट घोषित भए । पर्सनालिटीको उपाधि रियाना बासुकला र विभूसी बस्नेतले जिते भने बेस्ट पर्फमेन्सको उपाधि मेघिका काप्री र निकिता अधिकारीले हात पारे । प्रतियोगितामा बेस्ट फोटोजेनिकको उपाधि गरिमा श्रेष्ठ र सिम्फोनी शिवाकोटीले प्राप्त गरेका थिए ।