रिबन्स इन्टरटेनमेन्टले टिनएजरहरूमा केन्दि्रत 'नेपाल्स मिस टिन अफ द इयर-२०१४' आयोजना गर्ने भएको छ । आयोजकहरूका अनुसार युवतीहरूको समग्र व्यक्तित्व विकास एवं उनीहरूलाई मिडिया तथा मोडलिङमा अघि बढ्न सहयोग प्राप्त होस् भन्ने हेतुले यो प्रतियोगिताको परिकल्पना गरिएको हो । प्रतियोगितामा ५ फिट उचाइ भएका १४ देखि १९ वर्षसम्मका युवतीहरूले सहभागिता जनाइरहेका छन् ।